सुकुम्बासीलाई ‘जनता आवास’ र ‘कोठाभाडा’को आश्वासन

  प्रकाशित मिति
२९ बैशाख २०७६, आईतवार २१:१०


मेचीनगर । मेचीनगर नगरपालिकाले सुकुम्बासी बसोबास गर्दै आएको भानुटोलको सार्वजनिक जग्गामा बहुउद्देश्यीय व्यापारिक भवन बनाउने तयारी भइरहेको जनाएको छ ।

नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले त्यहाँका वास्तविक सुकुम्बासीहरुलाई आगामी वर्षको बजेटमा रकम छुट्याई जनता आवास कार्यक्रममार्फत घरबासको उचित व्यवस्थापन गरिने बताएकी छन् ।

‘अहिले बजेट सकिएको बेला छ’, उपप्रमुख उप्रेतीले लोकतन्त्र पोस्टसँग भनिन्–‘आगामी नगरसभाबाट बजेट छुट्याएर वास्तविक सुकुम्बासीलाई जनता आवास कार्यक्रम मार्फत जग्गा उपलब्ध गराउँछौँ ।’

तत्काल जग्गा खाली गराएर सुकुम्बासी परिवारलाई जनही २५ हजार रुपैयाँ राहत र निर्माणाधीन व्यावसायिक भवनमा व्यवसाय गर्नका लागि पहिलो प्राथमिकतामा कोठा भाडामा दिइने सर्वदलीय सहमति भएको उप्रेतीले बताएकी छन् ।

बहुउद्देश्यीय भवन यही आर्थिक वर्ष २०७५÷०७६ मा नै निर्माण शुरु गर्ने गरी ४५ लाख रुपैयाँ विनियोजन समेत गरिसकेको उप्रेतीको भनाई छ । भवन निर्माणका लागि राम ओलीको अध्यक्षतामा समिति समेत गठन भइसकेको छ ।

सोमबार छलफल ः
यसैविच, जग्गा खाली गर्न नगरपालिकाले दिएको म्याद आइतवार सकिएको छ ।
नगरपालिकाले सोमबार यसै विषयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) समेत बोलाएर पीडित सुकुम्बासीहरुसँग छलफल गराउने भएको छ ।

सङ्घर्ष समिति गठन ः
भानुटोलका आगलागी पीडितहरुले जग्गा खाली गर्न नगरपालिकाले दिएको उर्दीका विरुद्ध सङ्घर्ष समिति गठन गरेका छन् ।

शनिबार बसेको भेलाले रत्नबहादुर साम्सुहाङको संयोजकत्वमा १७ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो ।

जसको सहसंयोजकद्वयमा मदन कँडेल र वर्षा मावो लिम्बु तथा सदस्यहरुमा गोपाल मिश्र, विक्रम साम्सोहाङ, मानप्रसाद गुरुङ, सुवास शिवाकोटी, देशबहादुर लिम्बु, छविलाल लिम्बु छन् ।

त्यस्तै प्रदिप राजबंशी, कुमार लिम्बु, मौले तामाङ, दिलकुमारी राई, भुपाल तामाङ, धनवीर तामाङ, शाान्ति श्रेष्ठ र चन्द्रामाया खड्का सदस्य छन् ।

२५ वर्षदेखि बसोबास गरिरहेको जग्गा कुनै विकल्प नदिएसम्म खाली नगर्ने निर्णय भएको संयोजक साम्सुहाङले बताएका छन् ।

सोमबार नगरपालिकामा आगलागी पीडित सुकुम्बासीहरुलाई छलफलका लागि बोलाइएको उनले जानकारी दिए ।
……………

बिकल्पबेगर नहटाउन विप्लव माओबादीको चेतावनी
काँकरभिट्टा । विप्लव माओबादीको झापा जिल्ला जनपरिषद्ले मेचीनगर–६ काँकरभिट्टास्थित भानुटोलका आगलागी पीडितका घरटहरा विकल्पबेगर नहटाउन चेतावनी दिएको छ ।

आइतबार भानुटोलको एक घरमा जिल्ला जनपरिषद झापाले व्यानर टाँसेर त्यस्तो चेतावनी दिएको हो ।

व्यानरमा विना विकल्प नागरिकको बसोबासमाथि धावा नबोल्न नगरपालिकालाई भनिएको छ ।

मेचीनगर नगरपालिकाले जग्गा खाली गर्न सूचना गरेको पछिल्लो तीन दिनभित्रको म्याद आइतबार सकिएकै दिन विप्लब माओबादीको व्यानर देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: