सुगन्ध अक्षयकोषमा दाताको ओइरो

  प्रकाशित मिति
८ कार्तिक २०७३, सोमबार १३:१४


विर्तामोड । सम्भवतः नेपालकै सर्वाधिक राशीको साहित्यिक पुरस्कारको पहल गर्दै सुगन्ध प्रकाशन मेचीनगरले स्थापना गरेको अक्षयकोषमा शुभचिन्तकहरूले लाखौँ रकम स्वेच्छिक सहयोग प्रदान गर्न थालेका छन् ।
गत असोज २० गते धुलावारीमा सुगन्धको नयाँ अङ्क विमोचन समारोहमा संस्थाका अध्यक्ष एवम् अग्रज पत्रकार चन्द्र भण्डारीले पुरस्कारका लागि १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।
समारोहमै ८५ हजार रकम दाताले प्रदान गरेका थिए भने शनिवारसम्ममा ८ लाख रुपैयाँ कोषमा जम्मा भइसकेको र अढाई लाख रुपैयाँ थप घोषणा भइसकेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
दाताको उत्साहजनक सहयोग जुटेकाले अक्षय कोषको रकम २५ लाख पुर्याउने सुगन्ध प्रकाशनले घोषणा गरेको छ । कोषको व्याजबाट नेपाली भाषा साहित्यमा विशिष्ट योगदान पुर्याउने एक जना प्रतिभालाई वर्षेनी पुरस्कृत गरिने भएको छ ।
प्रकाशनले पुरस्कारको नाम ‘नेपालश्री सुगन्ध पुरस्कार’ राखेको छ भने २०७५ सालमा पहिलोपल्ट एक लाख र त्यसपछि वर्षेनी २ लाख रुपैयाँको पुरस्कार प्रदान गर्ने भएको छ ।
पुरस्कारलाई संस्थागत रुप दिन जिल्ला प्रशासन कार्यालयमा पुरस्कारलाई दर्ता गरिने र प्रतिभा छनोटको विनियम निर्माण गरिने अग्रज पत्रकार भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: