विर्तामोड, १० बैशाख । सुजुकी फोर ह्वील गाडीको आधिकारिक विक्रेता कपुरी ब्रदर्सले विहीवार विर्तामोडस्थित शोरुममा ‘सुजुकी बोलेनो’ कार लञ्च गरेको छ ।
२१.४ प्रति किलोमिटर÷लिटरका दरले माइलेज दिने यो कार उच्चतम् सवारी क्षमता, सुरक्षा, इन्धन क्षमता र कम ध्वनी प्रदूषणका कारण बहुप्रतिक्षित रहेको कपुरी ब्रदर्सका प्रोपाइटर प्रकाश कपुरी बताउँछन् ।
नेपालमा सीजी मोटो कर्पले यो गाडीको विक्रीको जिम्मा लिएको छ । विर्तामोडमा सुजुकी बोलेनो लञ्च गर्दा काठमाडौँबाट आएका कम्पनीका इन्जिनीयर विशाल पौडेल, पत्रकार महासङ्घका पूर्वाञ्चल संयोजक तथा केन्द्रीय सदस्य गणेश पोखरेल, कपुरी ब्रदर्सका सञ्चालक किरण कपुरी र रोशन कपुरीको समेत उपस्थिति रहेको थियो ।
सुजुकीका आउटलेटमा बालेनोको बुकिङ खुला गरिएको जनाउँदै सो कारको सुरुवाती मूल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।