सुतेकै अवस्थामा जलेर युवाको मृत्यु

  प्रकाशित मिति
२६ मंसिर २०७२, शनिबार ०७:११


झापा । २६ मङ्सिर । झापाको दुहागढी–४ चारआलीस्थित नेपाल आयल निगमको शाखा कार्यालय परिसरमा शुव्रmबार राति एक युवाको आगोले जलेर मृत्यु भएको छ ।

निगमको कार्यालय परिसरमा रहेको पुरानो काठे घरको एउटा कोठामा शुक्रबार राति ८ः३० बजे धनकुटा घर भई काठमाडौँको कपनमा डेरा गरी बस्ने २८ वर्षीय जयबहादुर बडुवाललाई सुतेकै ठाउँमा शरीर जलेर बेहोस भएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

तत्कालै उपचारका लागि मेची अञ्चल अस्पताल पु¥याउँदा चिकित्सकले बडुवाललाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिनु भयो । डेढ वर्षअघि सम्म निगमको एक ट्याङ्करमा हेल्पर काम गरेका बडुवाल काम छाडेपछि लामो समयसम्म झापा बाहिरै बस्दै आएका थिए ।

शुक्रबार राति कतिखेर निगमको काठे घरमा बडुवाल प्रवेश गरे भन्ने थाहा नभएको कार्यालयका सुरक्षा गार्ड चन्द्रकान्त दासले बताउनुभयो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: