सुत्केरीलाई मेचीनगर सोकासको सहयोग

  प्रकाशित मिति
९ मंसिर २०७५, आईतवार १८:४०



मेचीनगर । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाले २९ दिने सुत्केरी देवी मेचे (घिमिरे)लाई ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावका कारण सुत्केरी अवस्थामा पोशिलो खानेकुराको अभाव झेलिरहेको देवीको समाचार स्थानीय पत्रपत्रिकामा छापिएपछि सहकारीको ध्यानाकर्षण भएको थियो ।
सहकारीका अध्यक्ष कमल काफ्ले, सञ्चालक सदस्य पुष्पा भण्डारी,व्यवस्थापक मानस सिटौलालगायतका टोलीले मेचीनगर–१० घोटापट्टिस्थित उनकै निवासमा पुगेर सो रकम आइतबार हस्तान्तरण गरेका थिए ।

सो सरकम साकोसका सञ्चालक समिति, लेखा समिति र कर्मचारीहरुबाट संकलन गरिएको सदस्य पुष्पा भण्डारीले जानकारी दिइन् ।

सहकारीले विगतदेखि नै आपत विपतमा परेर आर्थिक अवस्था झेलिरहेका झापाका बाडी पीडित, भूकम्प पीडित, अग्निपीडित, विपन्न परिवारका बालबच्चा अध्ययनरत स्कूलमा स्वीटरलगायत विभिन्न आर्थिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: