सुधार केन्द्रमा लेडी जेसीजको शुभकामना

  प्रकाशित मिति
२१ आश्विन २०७३, शुक्रबार १०:२४


lady-jci

धुलाबारी । बडादसै तथा शुभदिपावलीको अवसरमा मेचीनगर लेडी जेसिज धुलाबारीले शुभकामना
आदाप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सुर्योदय सुधार केन्द्र धुलाबारीमा आयोजित कार्यक्रममा सुधार केन्द्रमा रहेका व्यक्तीहरु बिच शुभकामना आदान प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमले लागुऔषधमा फसेका हरुलाई भविष्यमा समाजमा काम गर्न हौसला मिलेको सहभागीले बताए ।

लेडी जेसिजकी अध्यक्ष उषा श्रेष्ठको सभापतित्व तथा सुधार केन्द्रका निर्देशक फुर्वा याल्बोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जेसिजकी संस्थापक अध्यक्ष कविता शर्मा, तरुण दलका क्षेत्रिय सभापति अर्जुन राई, पत्रकार देबु बानिया, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सिता गुरुङको स्वागत, मिना ईजमको आस्था बाचन र सुनिता पनेरुले कार्यक्रममा धन्यबाद ज्ञापन गरेकी थिईन । साथै सुधार केन्द्रमा रहेका व्यक्तिहरुलाई चियापानको समेत व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: