सुधार गृहमा आफैले सिसाले घोपेका खरेलको नोवेलमा मृत्यु

  प्रकाशित मिति
१५ श्रावण २०७७, बिहीबार १७:१४


मेचीनगर । धुलाबारी स्थित सनराइज सुधार केन्द्रमा बसेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।

हल्दिबारी गाउँपालिका–२ का २५ वर्षीय प्रकाश खरेलले आफ्नै पेटमा सिसा घोपेर गम्भीर घाइते भएका थिए ।

तत्काल उनलाई उपचारका लागि बिर्तामोड स्थित बिर्ता सिटी अस्पताल लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरको नोबेल अस्पतालमा रेफर गरिएको थियो ।

उक्त अस्पतालमा विहीबार (आज) दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी राकेश थापाले जानकारी दिए ।

उनी गत असार १३ गते उक्त केन्द्रमा आएका थिए । उनी १५ गते सुधार केन्द्रको झ्यालको सिसा फुटाएर भागेका थिए ।

केन्द्रबाट भागेका खरेललाई साउन ३ गते फेरि सोही सुधार केन्द्रमा ल्याइएको थियो । उनले आएकै दिन सिसाको टुक्राले आफ्नै पेटमा घोपेको डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: