सुनुवाई भएन चिया श्रमिकको माग

  प्रकाशित मिति
१६ आश्विन २०७३, आईतवार ११:५३


20160909_135129

विर्तामोड । दसैँको मुखमै आफूले पाउनु पर्ने सेवासुविधा कटौतीको विरोधमा झापाको विर्तामोडस्थित गिरी बन्धु टी स्टेटमा कार्यरत श्रमिक आन्दोलित छन् ।
बगान मालिकसँग विभिन्न माग राखेर श्रमिकले सुरु गरेको अनिश्चितकालीन रिले अनशन जारी छ । पहिलो चरणमा माग पूरा नभएपछि असोज २ गतेदेखि दोस्रो चरण अन्तर्गत अनिश्चितकालीन रिले अनशन सुरु भएको हो ।

विर्तामोड नगरपालिका–५ र शनिअर्जुन नगरपालिका–९ मा फैलिएको गिरी बन्धु टी स्टेट प्रालिमा कार्यरत श्रमिकले बगानका सञ्चालकले ४ वर्षदेखि निरन्तर सेवासुविधा कटौती गरिरहेको बताएर आन्दोलन थालेका हुन् । श्रमिक माथिको ज्यादति अन्त्य गर्नुपर्ने माग राखेर प्रतिष्ठान स्तरको ट्रेड युनियनले आन्दोलन गरिरहेको छ । प्रतिष्ठान स्तरको ट्रेड युनियनका अध्यक्ष नारायण दर्जीले पहिलो चरणको आन्दोलनबाट माग पूरा नभएपछि दोस्रो चरणको थालिएको बताए ।

मजदुरले रिले अनशन थालेको एक सातापछि झापाका प्रमुख जिल्ला अधिकारी मदनकुमार भुजेलले धर्नास्थलमै पुगेर बगान सञ्चालकसँग मजदुरका मागका विषयमा कुरा गर्ने बताएका थिए । प्रमुख जिल्ला अधिकारी भुजेलले मजदुर सङ्गठनले उठाएको माग दुवैपक्षको हितमा रहेको उल्लेख गर्दै समाधानका लागि पहल गर्ने बताएका थिए । तर, सिडिओको आश्वासन कार्यान्वयन नभएपछि श्रमिकहरु अझै ठूलो आघातमा परेका छन् ।

निर्धारित नियम र विभिन्न चरणका सम्झौता अनुसार कम्पनीले तलव सुविधा नदिएको उल्लेख गर्दै व्यवस्थापन, श्रम कार्यालय मेची र जिल्ला प्रशासन कार्यालय झापामा लिखित रुपमै समस्या समाधानका लागि अनुरोध गरिए पनि सुनुवाई नभएपछि आन्दोलन सुरु गर्नु परेको दर्जीले जनाएका छन् ।

सञ्चालकहरुले आफ्ना माग राख्दा कुरै सुन्न नचाहेको ट्रेड युनियनले जनाएको छ । भदौ २२ गतेदेखि प्रतिष्ठानको मूलद्वारमा १० दिने रिले अनशनमा बसेका श्रमिकले दोस्रो चरणको आन्दोलन शुरु गरेका हुन् ।

चिया बगानमा कार्यरत ३ सय ५ जना कामदारलाई स्थायी गर्ने, अवकास, राजीनामा, निष्काशन तथा मृत्युपछि हुने रिक्त स्थानमा कामदारकै परिवारका सदस्यहरुलाई स्थायी गर्दै जाने व्यवस्थापकसँगको सम्झौता भएपनि अहिले १ सय ९५ जना कामदार मात्रै रहेकाले रिक्त स्थानमा स्थायी कामदार नियुक्त गर्न श्रमिक सङ्गठनको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: