सुन्दरै हो उटी सहर

  प्रकाशित मिति
१० माघ २०७२, आईतवार ०५:५८


punya sir
मैले भर्खरै झापा, शान्तिनगरको धारागोला गएर बन्न लागेको टावरको स्थल आदि हेरेको थिएँ । म त खुब चुक्चुकाएँ । अहा ! धारागोला कति राम्रो हुने थियो, यसरी सिँगार्ने हो भने ! पोखराबाट उतामाथि ‘पोखरा भ्यू पोइन्ट’मा पुगेर पोखरा हेर्दाको सम्झना पनि आयो ।
…………………

एउटा रहर नै थियो भने पनि हुन्छ । मानिसहरूले गरेका बखानले मानिसलाई उचालिपुइयाँ बनाउँछ । लगभग त्यस्तै पारेको थियो मलाई पनि ‘उटी’ हेर्न । “भारतका ३ सुन्दर सहर–दार्जीलिङ, सिमला र उटी” भनेर सुनेको कुराले पनि हौस्याएकै थियो मलाई । दार्जीलिङ त देखेकै थिएँ मैले । अरुले बखान गरेकै जति राम्रो त लागेको थिएन नै । मान्छेहरूका बिचमा एउटा भनाइ बडो सारगर्भित छ–“बनारस का पेडा जो नहीँ खाए वो पछताए जो खाए वो भी पछताए” भन्ने । यो भनाइ जतिको खल्लो त दार्जीलिङ देखेर लागेको थिएन ।

राम्रोराम्रै हो दार्जीलिङ पनि । सिमला देख्ने औसर जुरेको छैन । तर यसपल्ट उटी देख्ने औसर भने जुराइयो ।  यी हरफहरू लेख्तै गर्दा मेरा मनमा एउटा कुरा भने वडो गज्जबसँग घर गरेको छ । नेपालका पहाडी क्षेत्रका वासिन्दाहरूले जसले इलाम, धनकुटा, चैनपुर, धरान, बुटवल, पोखरा, सुर्खेत, जुम्ला, मङ्गलसेन आदि देखेका छन् भने, गोरखा, नुवाकोट देखेका छन् भने, शारदी आकासमुनिको काठमाडौं उपत्यका हेरेका छन् भने, नगरकोट, दामन पुगेका छन् भने दुनियाँमा त्यस्तो खासै सुन्दर कुरा हेरेको छुइन भनेर पछुताउनु भने पर्दैन रहेछ । सिरिप् धेरै तलाका अग्लाअग्ला घरहरू देख्न बाँकी होला, अमेरिकाका ट्वीन टावर जस्ता या मलेसियाका गगनचुम्बी महल जस्ता देख्न बाँकी होला ।
यस पल्ट काम विशेषले पुगिएको थियो तामिलनाडुको प्रशिद्ध सहर कोएम्बाटोर । चेन्नाईबाट ५०० किलोमीटर टाढा, केरला नजिकै पर्ने यस सहरको प्रशिद्ध अस्पताल ‘कोबाइ मेडिकल सेन्टर एन्ड अस्पताल’ (केएमसीएच)मा ६ महिना अगाडि साला हरिप्रसाद सिटौलाले मृगौला प्रत्यारोपण गराएका थिए । मृगौला दिने व्यक्ति र लिने व्यक्तिको रक्त समूह नमिल्दा अन्य अस्पतालहरूमा प्रत्यारोपण गरिँदैन तर यस अस्पतालका डा.विवेक पाठक नै हामीले सुनेका एक मात्र डाक्टर हुन् जसले यो असाध्य काम गर्दा रहेछन् ।

त्यसैले साला हरि र उनकी श्रीमतीको रक्त समूह फरक फरक भए पनि त्यहाँ श्रीमतीको एउटा मृगौला श्रीमानमा प्रत्यारोपण गरिएको थियो । ६ महिनापछि डाक्टरसँग सल्लाह लिने र स्थास्थ्यको अवस्था हेर्ने व्रmममा हामी यही २०७२ पुस १७ का दिन ३ बजे त्यो अस्पताल पुग्यौं । १८ गते स्वास्थ्य परीक्षण गर्ने र डाक्टरसँग भेट गर्ने काम भयो । १९ गते आइतवार परेकाले हामीलाई फुर्सद मिल्यो ।

विर्तामोड निवासी देवेन्द्र बस्नेतको ४ जनाको परिवार पनि मृगौला प्रत्यारोपणको सिलसिलामा त्यहीं कोएम्बाटोरमा थिए । छोरा इन्द्र बस्नेतको मृगौला खराब भैसकेको र डाइलोसिस गर्दै प्रत्यारोपण पर्खिरहेका थिए । उनीहरूको चारै जनाको समुह पनि हाम्रा साथ उटी जान तयार भयो ।

नभन्दै १९ गते बिहान ६.०० बजे नै त्यहीँका एक गाडी ड्राइभर तेन्न रसु रेड्डीले टीएन ३८ वीइ ३४६८ नं.को कारमा हामी ६ जनालाई लिएर ९९ किलोमिटर टाढाको उटी देखाउन हिडे ।

हामीले मौकाले ड्राइभर भने हिन्दी भाषा बुझ्ने, ताक पर्दा काठे नेपाली पनि बोल्ने भेटेछौं । केही वर्ष पहिले उनी खाडी देशमा वागलुङको थापा र काठमाडौंको क्षेत्रीसँग ४÷५ वर्ष बसेका रहेछन् ।

अत्यन्त सफा र भर्खरै कालो पत्रे गरेर बिचबिचमा तथा किनारमा टल्किने राखिएको ताजा बाटोको यात्रा सुरुभएको १ घण्टामै मेट्रोपोलियन भन्ने स्थानमा हामी पुग्यौं । त्यहाँको अन्नपूर्णा होटेलमा बिहानको खाजा खायौं । ‘अन्नपूर्ण होटेल’ होटेलको यो नाम त्यतातिर खुप लोकप्रिय रहेछ । उटीमा पनि अन्नपूर्ण होटेल, कोएम्बाटोरमा पनि, चेन्नाईमा पनि अन्नपूर्णा होटेल नामका होटेल रहेछन् ।

मेट्रोपोलियनबाट उटी जाने दुई वटा बाटाहरूमध्ये एक बाटो रोज्न पाइने रहेछ । एउटा ‘कोट्टागिरी’को बाटो र अर्को ‘कुन्नुर’को बाटो । हाम्रो ड्राइभरले हामीलाई जनाए– “१०÷१५ किलोमीटर लामो भए पनि म तपाईंहरूलाई जाँदा कोट्टागिरीको बाटो लैजान्छु । यसमा गाडी कम कुद्छन् र समयमा पुग्न सकिन्छ । उहाँ पुगेर, त्यहाँका दर्शनीय स्थान हेरेर तपाईंहरूले आजै फर्कनु छ । कुन्नुरको बाटो त जाम भएर घण्टौं पर्खिनु पर्ने पनि हुन्छ । कति बेला उहाँ पुगिन्छ ठेकान हुँदैन । फर्किदा कुन्नुरको बाटो फर्कौंला ।” हामीले त कानो मुसालाई फोस्रो जौ जसो भनो उसै लौ भन्नु न थियो ।

मेट्रोपोलियनबाट साढे सात बजेतिर छुटेको हाम्रो गाडी अहो ! कस्तो राम्रो प्राकृतिक दृश्यहरूको पहाडी बाटो खिरिरिरि कुदेको कुद्यै ग¥यो । यहीमाथि शान्तिनगरबाट कुटी डाँडा, हर्कटे, कन्याम हुँदै कुदेको जस्तै गरी कुद्यो । आराबेनु, काइताला, कोट्टागिरी हुँदै दौडियो गाडी । त्यहाँ पनि ठाउँठाउँ चिया बगान र ठाउँठाउँ विविध बोट विरुवाको खेती, ठाउँठाउँ सुन्दर घरहरू हेर्दै दौडिएको दौडियै । सानो गाडी र तीब्र गतिको पहाडी यात्राले साथीहरूलाई भने चक्कर लाग्ने, वाक्वाकी लाग्ने भएछ । म भने सबैभन्दा जेठो भएका कारण अघिल्ला सिटमा थिएँ, त्यस्तो भएको थिएन । कोट्टागिरीबाट अलिक अगाडि बढेपछि एक छिन ताजगीका लागि गाडी बिसाइयो ।

oiti

यो कोट्टागिरीको बाटो जाँदा भने जाँदाजाँदै उटी पुग्न ५ किलोमीटर वर्तिर बाटो छाडेर २ किलोमीटर उकालो चड्दा ‘डोडाबेट्टा’ भन्ने रमिते टाकुरो पर्दो रहेछ । तामिलनाडुको मात्र होइन दक्षिण भारतकै सबभन्दा अग्लो टाकुरो रहेछ यो । समुद्रसतहबाट ८६४० फीट (२६६०मी) उचाइमा रहेको तापव्रmम बढीमा १९० र कम्तीमा ०० सेन्टीग्रेड हुने वर्षभरिको सालाखाला १२५ सेन्टीमीटर वर्षा हुने यो ठाउँ हामी पुग्दा साँच्चै शुन्य डिग्री सेल्सियसको नजिक जस्तै लाग्थ्यो । एकदम राम्ररी आकास खुलेको र हावा पनि नचलेको तथा झललल घाम लागेको वातावरण भएकाले हामीलाई अनुकूल भयो । तर सालो हरि भने गाडीको यात्राले गर्दा दिक्क भएर गाडीमै बसे । अरु हामी भने निस्किएर हे¥यौं, घुम्यौं ।

गाडीको स्टाण्डबाट टावरसम्म जाने बाटो बडो सुन्दर रूपमा टायल विछ्याएर र खुड्किला बनाएर बनाइएको, बाटोका दुई किनारमा जाडोमा लगाउने लुगाहरू, स्वीटर, ज्याकेट, पन्जा, टोपी, टोप लगायत अनेकन सुन्दर पसल र पसलेको ताँती । टावर भएको स्थान प्रवेश गर्न रु १०÷– प्रतिव्यक्तिको टिकट लियौं र प्रवेश ग¥यौं । हाम्रा लागि उटीको पहिलो बनी नै राम्रो भैदियो । रमिता हेर्ने टावरबाट देखिने उटी सहरको सुन्दरता बडो मोहक रहेछ ।

मैले भर्खरै झापा, शान्तिनगरको धारागोला गएर बन्न लागेको टावरको स्थल आदि हेरेको थिएँ । म त खुब चुक्चुकाएँ । अहा ! धारागोला कति राम्रो हुने थियो, यसरी सिँगार्ने हो भने ! पोखराबाट उतामाथि ‘पोखरा भ्यू पोइन्ट’मा पुगेर पोखरा हेर्दाको सम्झना पनि आयो ।
ड्राइभरले हामीलाई त्यहाँबाट गाडी चढेपछि दस–पन्ध्र मिनटमा उटीको बोटानिकल गार्डेनको प्रवेशद्वारमा पु¥याए । उटीको यो बोटानिकल गार्डेन साँच्चैको सुन्दर गार्डेन हो । यो निकै ठुलो क्षेत्रफलमा फैलिएको छ । एकापटि अँगालो नपुग्ने एक नाम्ले, दुई नाम्ले भन्न मिल्ने विशाल विशाल अग्ला धाङर रुखहरू पनि छन्, बिच भागमा दसौं बिघाको क्षेत्रफल वडो सुन्दर हेरिरहूँ लाग्ने, त्यहीँ लडिबुडी खेलिरहूँ लाग्ने, रङ मिलाएर कलाकारले खिचेको जस्तो हरियो चौर छ । वरिपरि दर्शक वा पर्यटक घुम्ने रुट राम्राराम्रा खुड्किला सहितको बाटो बनाइएको छ । बाटाको छेउछेउमा, परिपरिका परिमार्जित विरुवाहरू, कटिङ गरेर बिबिध रूपमा ढालिएका बिभिन्न विरुवाहरू, दर्शकको मन लुट्ने बिभिन्न फुल र बाटिकाहरूले सुसज्जित गरिएको छ, अनुपम र सुन्दर छ ।

बोटानिकल गार्डेनपछि ‘रोज गार्डेन’मा पु¥याए ड्राइभर भाइले । बोटानिकल गार्डेनमा जस्तै यहाँ पनि प्रवेश शुल्क रु ३०÷– प्रतिव्यक्ति थियो । ६ जनाले रु १८०÷–को टिकट काटेर पस्यौं हामी । “यो रोज गार्डेन एशियाकै नमुना हो । गुलाबका सबै प्रजातिको बगैंचा, यसको सिजन भने मईमा हो । मईमा त यहाँ बाहिर गाडी पार्किङ गर्ने ठाउँ पनि हुन्न र प्रवेश शुल्क पनि बढाएर ५०÷७५ सम्म हुन्छ भनेर त्यहाँ भनियो । हुन पनि अहिले बगैंचाका सबैजसो गुलाफका बोटहरू सिव्रmा थिए । त्यतिबेला ढकमक्क फु्लेर मगमग सुवासले यो बाटिकै ढपक्क हुन्छ अरे । गुलाफका सबै प्रजाति लगाइएको यो बगैंचा साँच्चै पत्याउन लायक नै थियो ।

त्यसपछि हामी उटीको त्यो सुन्दर तालमा गयौं । हजारौं हजार मान्छे त्यहाँ अत्यन्त व्यस्त देखेर हामी चकित पनि भयौं । प्रतिव्यक्ति रु १०÷– प्रवेश शुल्क तिरेर पसेपछि भित्र हेर्न पाइने मात्र । अब बोटिङ गर्ने भए, बोट हेरी, समय हेरी शुल्क लाग्ने । हेर्दा फेवा ताल जत्रै लाग्ने तर वरिपरिको सजावट र हरियालीले सुन्दर लाग्ने ठाउँ हे¥यौं । बाहिरपटि सडकमा घोडाहरू लिएर ग्राहकको प्रतीक्षामा धेरै व्यक्ति देखिन्थे । हाम्रा साथीहरूले घोडा चढ्न रहर गर्नुभएन ।

train

पर्यटक तथा दर्शनार्थीलाई आकर्षित गर्ने अनेक खेलहरू, पिङहरू त्यहाँ मौजुद थिए । तर्साउने घर, इतिहास घर आदि भवनहरू थिए । तर उटीको मादक र सुन्दर अनुहारले हामीलाई लगभग तृप्त पार्दै थियो । दिउँसोको खानाले पनि चेप्यो । हामीलाई ड्राइभरले उटीकै अन्नपूर्ण होटेलमा पु¥याए । हामीले मेनू हेरेर ‘साउथ इन्डियन डिस’ मगायौं । सबै तृप्त पनि भयौं ।

हेर्न लायक अर्को दस–पन्ध्र किलोमिटर पर बाग्रा फल्स र सुटिङ स्पट भएको कुरा चल्यो । तर त्यो सब हेर्न लाग्दा हामीलाई फर्किन राती हुनेहुँदा हामी त्यता लागेनौं ।

उटी चाहिँ प्रकृतिले नै भारतीय उपमहाद्वीप भरिका मानिसलाई लोभ्याउन बनाइ दिएको ठाउँ जस्तै लाग्यो । फराक र ठुलो उपत्यका जस्तो लाग्ने, त्यो निश्चित उचाइमा रहेको, तला तला गरेर वरिपरिबाट व्रmमशः तल तल ओर्लिएको र सबैभन्दा तल त्यो ताल रहेको अँजुली जस्तो सहर । सडकहरूको सन्जाल देख्ता बिकास पनि राम्ररी पुगेको लाग्यो । छोटो समय भएकाले हामीले त्यहाँका शैक्षिक तथा सांस्कृतिक धरोहरहरू भने देख्ने औसर पाएनौं । पक्का पनि विद्यालय, महाविद्यालयहरू त्यहाँ थिए, अस्पतालहरू, मन्दिर, गुम्बाहरू थिए नै ।
हामीले फर्किने सुरसार गर्दा २.०० बजेको थियो । फर्कंदा कुन्नुरको बाटो फक्र्यौं । मलाई दार्जीलिङबाट फर्कंदाको झझल्को आइरह्यो । दार्जीलिङमा झैं नै सानो रेल त्यहाँ पनि पु¥याइएको रहेछ । गाडीको बाटोको बगलमा रेलको लिख पनि सँगसँगै पछ्याउँथ्यो । अङ्ग्रेजले नै उटीमा रेल पु¥याएको कुरा हाम्रा ड्राइभर भाइ भन्थे ।

आनन्ददायी र अविस्मरणीय यात्रा पुरा गरेर साँझ ५.०० बजे हामी कोठामा प्रवेश ग¥यौं ।
(मिति ः २०७२÷९÷२८ मा)
……………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: