झापा, १९ फागुन । इलामको एक सुन पसलबाट २० तोला सुन र मनी ट्रान्सफरबाट रु ४ लाख नगद चोरी गरी फरार व्यक्तिलाई प्रहरीले बुधबार झापामा पेस्तोलसहित पव्रmाउ गरेको छ ।
पव्रmाउ पर्नेमा इलाम जिल्ला सोयाङ– १ घर भएका ३१ बर्षीय दया भनिने उदयचन्द्र तामाङ र पाँचथर आङसरा–६ बस्ने ३२ बर्षीय यदाव अधिकारी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
प्रहरीले विशेष सुराकाीको आधारमा उनीहरुलाई अनारमनीस्थित एक होटलबाट नास्ता खाइरहेको अवस्थामा उनीहरुलाई पव्रmाउ गरेको थियो ।
गत सोमवार इलाम बिब्ल्याटेंस्थित कविता गहना ट्रेडर्सबाट २० तोला सुन र नजिकै रहेको कविता मनी ट्रान्सफरबाट ४ लाख नगद चोरी गरी उनीहरु फरार भएका थिए ।
चोरी गरिएका सामानहरु मध्ये ११ तोला सुन र ३ लाख ४ हजार २ सय ६० रुपैयाँ नगद, मेड इन यूएस ए लेखिएको अटोमेटिक पेस्तोल र ४ राउण्ड गोली समेत उदयचन्द्र तामाङको घर खानतलासी गरी बरामद गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक खड्ग बहादुर खत्रीले बताए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखेर अनुसन्धान भइरहको निरीक्षक खत्रीले बताए ।