‘सुपारी निर्यातमा सधैँ सकस’

  प्रकाशित मिति
२२ कार्तिक २०७३, सोमबार १२:५३


123
शान्तिनगर । झापाका कयौँ किसानले उत्पादन गरेको सुपारी अहिले गोदाममा सड्न लागेको छ । दुई वर्षदेखि सुपारीको गोदाम खोलिएको छैन । व्यवसायीहरुको लाखौँको लगानी र किसानको मेहनत खेर जाने स्थितिमा पुगेको छ । नीतिगत अस्पष्टताका कारण पूर्वका झापा, मोरङ र सुनसरीमा उत्पादित सुपारी निर्यातमा व्यवसायीले गम्भीर समस्या झेलिरहेका छन् ।

प्रष्ट सरकारी नीति नहुँदा लाखौँं लगानी गरेका किसान निराश हुन थालेका छन् । झापामा उत्पादित सुपारी पनि तेस्रो मुलुकबाट आयातितको करार दिएर राज्यपक्षले रोकावट गरेपछि करोडौँ रुपैयाँको सुपारी सड्न लागेको छ । नेपाल सुपारी खेती विकास संस्थाको पाँचाँैं साधारणसभाको उद्घाटन कार्यव्रmमका वक्ताहरुले पनि सुपारी निर्यातमा भोगिरहेको सकस र राज्यको निरीह व्यवहारप्रति गुनासो एवम् आव्रmोश पोखेका छन् ।

झापामा २ हजार ६८५ हेक्टर जमिनमा सुपारीको खेती हुँदै आएको छ । जसबाट वार्षिक ९ हजार ७७२ मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ । तर, नेपालमा उत्पादन भएको काँचो सुपारी भारतले खरिद गर्नै नमान्नु, नेपालमा प्रशोधन कारखाना नहुनु, बङ्गलादेशमा निर्यात गर्ने व्यवस्था नहुनु जस्ता कारणले पनि नेपाली किसान सधैँ सकसमा परिरहेको धारणा कार्यव्रmमका वक्ताले व्यक्त गरेका छन् ।
नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देविप्रसाद खतिवडाको सभापतित्व र महासचिव निलकण्ठ तिवारीको सञ्चालनमा सम्पन्न कार्यव्रmममा प्रमुख अतिथि एवम् नेपाल सुपारी खेती विकास संस्थाका संस्थापक अध्यक्ष दुर्गालाल श्रेष्ठले नेपाली सुपारीप्रति राज्यको व्यवहार ठिक नभएको टिप्पणी गरे । ‘राज्यले सहुलियत त दिएको छैन नै, त्यसमाथि निर्यातमा अवरोध गरेर किसानलाई अझै ठूलो आघात गरेको छ’, श्रेष्ठले भने – ‘किसानका लागि योभन्दा ठूलो घात के होला !’

नेपालमा उत्पादित सुपारीको माग बङ्गलादेशमा भएपनि निर्यात खुला नगरिदा लाखौँको सुपारी सड्न पुगेको श्रेष्ठले बताए । झापाका सुपारी किसानलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यव्रmम गरिए पनि उत्पादन भएको सुपारी चाहिँ निर्यात गर्न समस्या भइरहेकाले लगानी सङ्कटमा परेको गुनासो श्रेष्ठले गरे ।

कार्यव्रmमका विशेष अतिथि सांसद् रविन कोइरालाले झापामा व्यवसायिक सुपारी खेती गर्ने किसानको संख्या वर्षेनी बढिरहेकाले यसलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताए । सांसद् कोइरालाले किसानलाई सुपारीबाटै समृद्ध बन्न सक्ने आधार निर्माण गर्ने दायित्व सरकारकै रहेको बताए । अर्को एक प्रसङ्गमा सांसद् कोइरालाले स्थानीय तह पुनःसंरचना गर्दा झापालाई १३ वा १४ वटा क्लष्टरमा समेट्ने प्रयास भइरहेको जनाए । अहिले कायम ८ वटा नगरपालिकामा मापदण्ड अनुसारको जनसङ्ख्या पुर्याउन छिमेकी गाविसहरुलाई समायोजन गर्ने तथा बाँकी गाविसहरुलाई सामथ्र्य, पहुँच तथा भौगोलिक आधारमा गाउँपालिका सिफारिस गर्नेबारे दलीय छलफल भइरहेको प्रष्ट पारेका छन् ।

कार्यव्रmममा कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले शान्तिनगरमा बढिरहेको विषादीको प्रयोगप्रति चिन्ता व्यक्त गरे । विषादीको प्रयोग बढेकाले अबको १० वर्षपछि सुपारीमा फूल नलाग्न समस्या आउने र उत्पादनमा ह्रास आउने जनाउँदै कृषकलाई सचेत गराए ।

कार्यव्रmममा नेपाल सुपारी सहकारी सङ्घका केन्द्रीय अध्यक्ष लयप्रसाद भण्डारीले झापाका शनिअर्जुन नगरपालिका, बाहुनडाँगी, शान्तिनगर, बुधबारे, चारपाने, खुदुनाबारी, दुवागढी, धाइजन लगायत गाविसमा व्यवसायिक सुपारी खेती गरिएको जनाउँदै बेच्ने बेलामा आयात–निर्यातको समस्या बल्झिनाले किसान समस्यामा रहेको बताए । उनले भने – ‘यही कारणले गर्दा किसानको लगानी डुब्न पुग्छ ।’ उनका अनुसार झापामै उत्पादित सुपारी बेच्न समस्या छ । भारत र बङ्गलादेशमा निर्यात गर्न पाए लगानी उठ्न सक्ने उनले बताएका छन् । राज्यले नै किसानका समस्यालाई नीति बनाएर समाधान गर्नु पर्ने उनको धारणा छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, नेकपा माओवादी केन्द्रका झापा संयोजक विजय साम्पाङ, मोरङका सुपारी किसान इश्वर कोइराला, नेपाल पत्रकार महासङ्घका झापा अध्यक्ष भीम नेम्वाङलगायतले सस्तो मूल्यमा तेस्रो देशबाट आयात गरिएको सुपारी भारत जाने र नेपाली उत्पादन त्यत्तिकै नष्ट हुने दृष्टान्तको अन्त्य हुनु पर्ने बताए । सरकारको दोहोरो नीतिले किसान मारमा परेको उनीहरुको धारणा छ । सुपारी आयातमै प्रतिबन्ध लगाएर नेपाली उत्पादनलाई विव्रmी गर्ने मार्ग बनाउनु पर्ने उनीहरुले बताए । राजश्वको लोभले तेस्रो मुलुकबाट सुपारी ल्याउन दिइने बताउँदै वक्ताहरुले नेपाली उत्पादनलाई तेस्रो देशको भनेर पक्राउ गर्नु अन्यायपूर्ण रहेको बताएका छन् । सुपारी तथा अन्य कृषि उत्पादनलाई तेस्रो मुलुकमा पु¥याउन सरकारी नीति परिवर्तन गर्नुपर्ने बताउँदै वक्ताहरुले किसान र व्यवसायीको लगानी संरक्षण गर्न माग राखेका छन् ।

चार जना सम्मानित
नेपाल सुपारी खेती विकास संस्थाले चार जनालाई सम्मान गरेको छ । शान्तिनगरस्थित टिमाईमा आइतबार सम्पन्न पाँचौ साधारणसभामा उत्कृष्ट व्यवसायी शनिअर्जुन–२ का शङ्कर साह, उत्कृष्ट कृषक बुधबारे–१ का शरद आचार्य, उत्कृष्ट सुपारी सहकारी शान्तिनगर–५ स्थित नागबेली सुपारी उत्पादक सहकारी संस्था लिमिटेड र उत्कृष्ट व्यावसायिक फर्म बुधबारे–९ स्थित तिरुपति इन्टरनेशनल प्रालिलाई सम्मानित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: