सुपारी विक्री नहुँदा किसान मर्कामा

  प्रकाशित मिति
४ आश्विन २०७३, मंगलवार १८:४५


photo
बुधबारे । किसानले उत्पादन गरेको सुपारी भारत निर्यात नहुदाँ बिक्री बितरण ठप्प भएको छ ।

मंगलबार बुधबारेमा पत्रकार सम्मेलन गर्दै नेपाल केन्द्रीय सुपारी सहकारी संघले किसानले उत्पादन गरेको सुपारी एन.जी.ओ र सुपारी किसानको हितमा खुलेका संघसंस्थाले सिफारिस गर्ने र पुनः सिफारिसको अधिकार हत्याउने खेल तत्काल बन्द गरी सुपारी निर्यातको सहज बातावरण बनाउन माग गरेका छन् ।

संस्थाका अध्यक्ष लयप्रसाद भण्डारीले सुपारीमा देखिएका अनेकन झमेलाले सुपारी किसानले सुपारीको उचित मुल्य नपाएको र सुपारीको बिक्रीबितरण रोकीएको बताए । उनले अव सहकारी मार्फत सुपारीको सिफारिस गर्न पाउनुपर्ने माग राखे । ‘सहकारीमा अधिकांश किसान गोलबन्ध भएको र सहकारीलाई ३ खम्बे अर्थनीतिको एक पाटोका रुपमा हेरिएकाले अव सुपारीको सिफारिस गर्ने अधिकार सहकारीलाई नै दिनु पर्ने बताए ।

संस्थाको केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष विश्वनाथ ढकाल, गौरभ सुब्बा, महासचिव खगेन्द्र मैनाली, सचिव रविचन्द्र नेपाल, कोषाध्यक्ष राधा बुढाथोकी लगायतको उपस्थिति भएको कार्यक्रममा आफ्नो उत्पादनको सिफारिस सहकारीले गर्न पाउनु पर्नेमा जोड दिँदै अध्यक्ष भण्डारीले आन्तरिक द्धन्द्धका कारण किसान मर्कामा परिरहेको प्रति सबैको ध्यानाकर्षण गराए ।

दुई बर्ष यता सहकारीहरुको गोदामका १० हजार मेट्रिकटन सुपारी थन्किएर कुहिने अवस्थामा पुगेकाले तत्काल निर्यात सहज बनाउन सम्बन्धित निकाय गम्भीर हुनु पर्ने औलाएका थिए । झापा जिल्लामा मात्र ९ हजार ७ सय ७२ मेट्रिकटन सुपारी उत्पादन हुन्छ । नेपालमा उत्पादित सुपारी नेपालमा नै खपत हुन नसक्ने अवस्थामा सरकारी प्रावधान मिलाई भारत निकासी हुने गरेको छ । जसले गर्दा नेपाली सुपारीले बजार पाउन सकिरहेको छैन । अध्यक्ष भण्डारीले आयातित सुपारीमा पूर्ण बन्देज लगाउनु पर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: