सुपथ मूल्यमा उपभोक्तालाई तरकारी

  प्रकाशित मिति
१९ चैत्र २०७६, बुधबार १९:५७


मेचीनगर । लकडाउनका कारण बजारमा खाद्यान्नको अभाव झेलिरहेका उपभोक्तालाई मेचीनगर–७ स्थित जोरसिमल कृषि सहकारी संस्थाले सुपथ मुल्यमा तरकारी वितरण शुरु गरेको हो ।

जोरसिमलका नागरिकका लागि सहजरुपमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले गाँउमै कृषि सहकारीद्वारा तरकारी पसल सञ्चालनमा ल्याइएको अध्यक्ष प्रल्हादमणि ओलीले बताए ।

सहकारीले सञ्चालन गरेको तरकारी पसलमा प्रतिकेजी फुलकोपी ४०, आलु ४५, प्याँज ६५, बन्दाकोपी ३५, खोर्सानी १५०, काँक्रा ४५, मुला ३५, स्कुस ३७, लसुन २२५, बोडी ९५, भिन्डी १३०, करेला ११०, सिमी ४५ रुपैयाँमा बिक्री वितरण गरिरहेको उनले जानकारी दिए ।

तरकारी पसलमा संस्थाका संस्थापक सदस्य ध्रुब ओली, सहसचिव खेमराज खनाल, पवन ओली, नरपति काफ्ले, दिपेन्द्र रिजाल लगायतका सदस्य तथा कर्मचारीहरु उपभोक्ताको हितका लागि खटिएको अध्यक्ष ओलीले बताए ।

झापाको राजगढ, इलामका विभिन्न ठाउँबाट सब्जी संकलन गरेर सहकारी पसलमा ल्याइएको बताइएको छ । संस्थाले मुनाफा नराखिकन ढुवानी भाडासमेत आफैले व्यर्होने गरी सदस्यहरुलाई तरकारी वितरण गरिएको ओलीको भनाई छ ।

बजारमा व्यापारीहरुले उक्त मुल्य भन्दा ८० प्रतिशत बढीमा तरकारी तथा अन्य खाद्यान्न सामाग्री बिक्री वितरण गरिरहेका छन् । यसको अनुगमन कसले गर्ने हो । ?

सरकारले लकडाउन गरेको बुधबार नवौँ दिन पुगेको छ । यस्तो बेलामा व्यापारीले खाद्यान्नको कृतिम अभाव सृजना गरेर कालोबजारी गरिरहेका छन् ।

बजारका साग सब्जी, फलफुल तथा किराना पसलमा खाद्यान्न सामाग्रीको मुल्य उपभोक्ताको ढाडसेक्ने गरि बढाइएको छ ।

झाराटार्ने मात्र गरिने सरकारी अनुगमनले केहि अर्थ नराख्ने उपभोक्ताको बुझाई छ । बजारमा हरेक खाद्य बस्तुको महङ्गी अचाक्लीरुपमा बढेको छ ।

यसका लागि स्थानीय सरकार तथा सरोकारवाला निकायले तत्काल ध्यान दिन आवश्यक रहेको उपभोक्ताहरुको गुनासो छ ।

तरकारी खरिद तथा बिक्री वितरण गर्ने समयमा उपभोक्ता तथा व्यवसायीहरुलाई प्रहरीले धरकपड गर्न नहुने बताएका छन् । सरकारले अत्याआवश्यक बस्तु खुल्ला गर्न व्यवसायीलाई आग्रह गरेको छ । तर,

सर्वसाधारण नागरिकहरुले विहान–बेलुकाको समयमा उपभोग्य सामाग्री पसलमा लिन जाँदा प्रहरीले धरकपड गर्नु जाहेज नभएको उनिहरुको गुनासो छ ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: