सुभद्रा ‘प्राज्ञ सभा सदस्य’मा मनोनित

  प्रकाशित मिति
३ पुष २०७५, मंगलवार १९:३४


मेचीनगर । झापाली साहित्यकार सुभद्रा भट्टराई प्राज्ञ सभा सदस्यमा मनोनित भएकी छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले मेचीनगर–६ निवासी साहित्यकार भट्टराईलाई आगामी ४ वर्षे कार्यकालका लागि मनोनित गरेको हो ।

काँकरभिट्टा माध्यमिक विद्यालयमा शिक्षण पेशा गर्दै आएकी भट्टराई सुसेली साहित्यिक प्रतिष्ठान, अखिल नेपाल महिला सङ्घ लगायतका विभिन्न संस्थामा आवद्ध रहेकी छन् ।

कथा, कविता, निबन्ध लगायतका विभिन्न विधामा कलम चलाउने उनका स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा फुटकर रचना प्रकाशित हुँदै आएका छन् ।

झापामा यस अघिको कार्यकालमा मेचीनगरकै यज्ञराज प्रसाई प्राज्ञ सभा सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: