सुरक्षाकर्मीको घेराबन्दीमा युवाको प्रदर्शन, लाग्यो ओली मुर्दाबादको नारा

  प्रकाशित मिति
६ पुष २०७७, सोमबार २१:१५


मेचीनगर, ६ पुस । संघीय संसद् विघटनको विरोधमा आज अपरान्ह मेचीनगरमा सुरक्षाकर्मीको घेराबन्दीमा प्रदर्शन भएको छ ।

नेकपा सम्बद्ध जनवर्गीय संगठनको व्यानरमा झण्डासहित धुलावारीमा निकालिएको विरोध र्यालीले चोक परिक्रमा गरेको थियो ।

केपी ओली मुर्दाबाद लगायतका चर्का नाराबाजी गर्दै चिया विकास निगम (कोलोनी)को खाली जग्गाबाट सुरु भएको विरोध र्यालीको अगि, पछि र दायाँबायाँ दर्जनको संख्यामा लाठी, बन्दुक र सुरक्षाकवचसहितका प्रहरी हिँडेका थिए ।

सुरक्षाकर्मीको घेराबन्दीमै सुरु प्रदर्शन धुलावारी चोकको धरहरा आइल्यान्डमा कोणसभामा परिणत भएको थियो ।

वक्ताहरुले प्रधानमन्त्री केपी ओलीबाट भएको संसद् विघनको घटनाको विरोध गरेका थिए ।

प्रदर्शनमा नेकपाको माधव नेपाल र प्रचण्ड समूहका युवा विद्यार्थीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: