सुरु भयो खयरडाँगीमा कालोपत्रे

  प्रकाशित मिति
१६ जेष्ठ २०७५, बुधबार ११:२९


धुलावारी । मेचीनगर–१० खयरडाँगीस्थित शहीदमार्गमा कालोपत्रे गर्ने कार्य पुनः सुरु गरिएको छ ।

एक साता अघि कालोपत्रे कार्य थाल्दा गुणस्तरीय काम नभएको भन्दै मेचीनगर नगरपालिकाले काम रोक्न उपभोक्ता समितिलाई निर्देशन दिएको थियो ।

उपभोक्ता समिति र नगरपालिकाविच सहमतिका आधारमा सो बाटोको कालोपत्रे कार्य फुकुवा गरिएको नगरपालिका स्रोतले जनाएको छ ।

‘नगरपालिकाले फुकुवा पत्र दिइसकेको छ, हामीले कालोपत्रेको काम थालिसक्यौँ’, उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र कट्टेलले लोकतन्त्र पोस्टसँग भने–‘गुणस्तरीय काम हुनु पर्छ भनेर नै उपभोक्ता समिति आफैले काम गरिरहेको हो, यसमा कसैले पनि शङ्का गर्नु पर्दैैन ।’

३० प्रतिशत स्थानीय लागत सहभागितासहित एक करोड रुपैयाँको लागतमा निर्माण हुने सो सडकको निर्माणमा नगरपालिका र स्थानीयवासीविचको विवादका कारण निर्माणको प्रगति निकै सुस्त देखिएको छ ।

उपभोक्ता समिति गठनमा निकै सक्रियता देखाएका वडा अध्यक्ष सुदय पनेरुले हाल निर्माण क्रममा देखा परेका विवाद मिलाएर निर्माण कार्य गुणस्तरीय र तीब्र रुपमा अघि बढाउन चासो नदेखाएको स्थानीयबासीको आरोप छ ।

‘उपभोक्ता समिति गठन गरेकै छ भनेर उहाँ निस्क्रिय बस्नु भएको होला’, स्थानीय एक उपभोक्ता लोकतन्त्र पोस्टसँग भन्छन्–‘तर यो बाटोको काम बिग्रियो भने त्यसको पूरै दोष वडाध्यक्षलाई जान्छ भन्ने कुरा उहाँले हेक्का राख्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: