सुरु भयो सन्दकपुरसम्मको मोटरसाइकल यात्रा

  प्रकाशित मिति
२५ जेष्ठ २०७६, शनिबार १६:४५


काँकडभिट्टा । नेपालसहित भारतका ३० युवाले शनिवारदेखि पूर्वी पहाडका धार्मिक एवम् पर्यटकीय क्षेत्रको मोटरसाइकल र्याली (यात्रा) सुरु गरेका छन् ।

कार्यक्रमकी प्रमुख अतिथि तथा उद्योग पर्यटन वन तथा वातावरण समितिकी सभापति सीता थेबेले काँकडभिट्टास्थित पर्यटन कार्यालय परिसरबाट यात्राको उद्घाटन रिवन काटेर गरेकी थिइन् । उनले भारत र नेपालका जनताको सम्बन्ध सुमुधुर बनाउनुका साथै यात्राले नेपालको ग्रामीण पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन् ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको यात्रा इलामको धार्मिक पर्यटकीयस्थल सन्दकपुर हुँदै पाँचथरको याक चोकसम्म पुगेर फर्किन मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिका कार्यकारी निर्देशक केशव धौरालीले बताए ।

‘हात्तीदेखि रेडपाण्डासम्म’ भन्ने उद्घोषका सुरु यात्रामा रेडपाण्डाको बासस्थानको संरक्षण र हात्ती हिंड्ने करिडोरको अवस्थाका बारेमा अध्ययन अवलोकन गरिने जनाइएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै ग्रीन जेनेरसनका अध्यक्ष अर्जुन कार्कीले इलामको सन्दकपुर जाने पर्यटकहरुमा भारतीय बाटो प्रयोग गरेर जानेको संख्या नै अत्याधिक रहेकाले सन्दकपुर जान नेपाली बाटो प्रयोग गराउने यात्राको उद्देश्य रहेको बताए ।

यात्रामा सहभागीहरुले इलामको विब्ल्याँटे, माइपोखरी, जौबारी हुँदै सन्दकपुर पुग्ने कार्यक्रम रहेको छ । सहभागीलाई सो रुटमा पर्ने झापा र इलामका पालिकाहरुले खान र बस्नेसहित अन्य सुविधा उपलब्ध गराउने बताइएको छ ।

समितिका अध्यक्ष धौरालीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद श्रीप्रसाद मैनाली, रामबहादुर राना, उद्योग वन तथा वातावरण पर्यटन मन्त्रालयका सचिव बन्द्रराज ढुङ्गाना, मेचीनगर नगरपालिका मेयर विमल आचार्य, भारतीय यात्रुका संयोजक डा. राज बसुलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेर नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सरकारको उक्त लक्ष्य प्राप्तिका लागि पनि मोटरसाइकल यात्राले सहयोग पुर्याउने उनीहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: