सुरु हुँदैछ एम्मेस्टीको क्याराभान

  प्रकाशित मिति
३ श्रावण २०७४, मंगलवार २१:४७


amnesti

मेचीनगर । एम्नेस्टी इन्टरनेसनल नेपालले आप्रवासी नेपाली श्रमिकहरुको अधिकार सम्बन्धी जनजागरणका लागि काँकरभिट्टादेखि कैलालीसम्म दुई चरणमा ‘क्याराभान २०१७’ नामक अभियान सञ्चालन गर्ने भएको छ ।

पहिलो चरणमा काँकरभिट्टाबाट साउन ५ गते विहान क्याराभानको उद्घाटन हुने छ र त्यो अभियान साउन ७ मामहोत्तरीको जलेश्वरमा पुगी समापन हुने भएको छ ।
दोस्रो चरणको क्याराभान साउन १२ गते चितवनमा सुरु हुने र साउन १५ गते कैलालीमा समापन हुने बताइएको छ ।

यस उपलक्ष्यमा मङ्गलवार एम्नेस्टी नेपालको तर्फबाट समूह ८७ ले धुलावारीमा पत्रकार सम्मेलन गरी क्याराभान बारे जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा एम्नेस्टी नेपालका पूर्व अध्यक्ष हेमकुमार खड्का, अपिल कमिटीका संयोजक केशव पोखरेल र समूह ८७ का अध्यक्ष तोयानाथ दाहालको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा एम्नेस्टीका राष्ट्रिय अध्यक्षसहित पदाधिकारी, युवा सदस्य र कर्मचारीहरुको सहभागिता रहने र त्यस अवसरमा खाडी मुलुकमा वैदेशिक रोजगरीको क्रममा काम गर्दा जीवन गुमाएका र अन्याय अत्याचार भोगेका स्थानीय पीडित तथा उनीहरुको परिवारको समेत उपस्थिति रहने बताइएको छ ।

वैदेशिक रोजगारीको नाममा नेपालीहरु गाउँठाउँबाटै ठगिन सुरु हुने र विदेशमा रहँदा भाषा र कानूनको ज्ञानको अभावमा जीवनमरणको सास्ती व्यहोर्न बाध्य हुनु परेको विषयमा अभियानले सरकारको ध्यानाकर्षण समेत गराउने पूर्व अध्यक्ष खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: