सुलभको जेसीज यात्रा

  प्रकाशित मिति
२० माघ २०७४, शनिबार १५:१७


धुलाबारी । मेचीनगर–९ धुलाबारीका सुलभ भण्डारी १४ वर्षका भए । उनी हिमालयन इङ्लिस एकाडेमीमा कक्षा(९ मा अध्ययन गर्छन् । पढाइमा अब्बल सुलभ सानै उमेरमा सामाजिक क्षेत्रमा समेत प्रवेश गरेका छन् । सुलभले धुलाबारी जुनियर जेसीजको संस्थापक अध्यक्ष बन्ने सौभाग्य प्राप्त गरेका छन् ।

सन् १९७९ मा हरिशकुमार श्रेष्ठको अध्यक्षतामा स्थापना भएको धुलाबारी जेसीजले १९९० सालमा पनि बिक्रम कनालको अध्यक्षतामा जुनियर जेसीजको स्थापना गरेको थियो ।

तर, केही वर्ष सञ्चालन भएको उक्त जेसीजले बैधानिकता प्राप्त गर्न सकेन । पछि स्वतः हराएर गयो । फेरि २८ वर्षपछि धुलाबारीले जुनियर जेसीजको स्थापना गरेको छ ।

जुन जेसीजको अध्यक्ष सुलभ हुन् । गत असोजमा १४ वर्षदेखि १९ वर्ष उमेर समूहका बालबालिकालाई भेला गरेर गठन गरिएको जुनियर जेसीजलाई आधिकारिक रुपमा पुस ८, ९ र १० गते भैरहवामा सम्पन्न ४४ औँ राष्टिूय महाधिवेशनले स्वीकृत गरेको थियो । जुन महाधिवेशनमा सहभागी हुने अवसर समेत प्राप्त गरे सुलभले ।

जेसीजको महाधिवेशनमा सहभागी हुनु आफैँमा एउटा अवसर हो । जुन अवसरलाई उनले आफ्नो सुरुवाती समयमा नै पूरा गरेका छन् ।
मोटो शरीर, गहुगोरा वर्ण भएका उनी साथीभाईसँग पनि उत्तिकै मिलनसार छन् । सबै साथीहरुलाई समान व्यवहार गर्न सक्षम सुलभले यो उमेरमा जुन अवसर पाएका छन्, त्यो अवसरलाई सहीरुपमा सदुपयोग गर्न सकेभने आफ्नो भविष्यको रेखा सहजरुपमा कोर्न सफल हुनेछन् ।
‘शुलभ बहुप्रतिभाशाली विद्यार्थी हुन्,’ धुलाबारी जेसीजका वर्ष २००१ का अध्यक्ष तेजप्रसाद चौलागाईले भने, ‘उनीसँग सामाजिक नेतृत्व गर्न सक्ने क्षमता छ ।

व्यक्तित्व र नेतृत्व विकासमा हुने क्षमता उनमा देखिन्छ । त्यसका लागि निरन्तरताका आवश्यक पर्छ । उनी कुशल नेतृत्व गर्न सक्ने युवा हुन् ।’
पढाइसँगसँगै अतिरिक्ति क्रियाकलापमा क्रियाशील सुलभ हिमालयन बाल क्लवको अध्यक्ष पनि हुन् । उनले विद्यालयमा रहेको बाल क्लवको समेत कुशल नेतृत्व गरिरहेका छन् ।

उनी विद्यालयमा रहेको स्काउटमा समेत आबद्ध छन् । हरेक क्षेत्रमा अब्बल बन्दै गएका शुलभ बुबा दिपक भण्डारी र आमा गीता भण्डारीका कान्छा छोरा हुन् ।

धुलावारी जेसीज वर्ष २०१८ का अध्यक्ष नारायण खनालले बालबालिकाहरुलाई जेसीजप्रति आकर्षण गराउँदै नेतृत्व तथा व्यक्तिृत्व विकास गराउनु नै जुनियर जेसीजको मुख्य लक्ष्य रहेको बताए ।

वर्ष २०१७ का अध्यक्ष सुभाष रिजालले आफ्नो कार्यकालमा जुनियर जेसीजलाई स्वीकृत गराउन सफल भएको बताउँदै आगामी दिनमा मेचीनगर क्षेत्रमा रहेका हरेक बालबालिकालाई जेसीजप्रति आकर्षित गराउँदै लैजाने बताए ।

‘सुलभ विद्यालयका प्रतिभाशाली विद्यार्थी हुन्,’ विद्यालयका प्रिन्सिपल भाष्कर निरौलाले भने, ‘पढाइमा अब्बल रहेका उनी लगनशील, अनुशासित, जेहेन्दार र हरेक गतिविधिमा सक्रिय हुने विद्यार्थीका रुपमा रहेका छन् ।

उनमा हरेक कामलाई सहजताका साथ स्वीकार गरी कुशलतापूर्वक आफ्नो जिम्मेवारी बहन गर्न सक्ने क्षमता छ । यसमा धुलाबारी जुनियर जेसीजको अध्यक्ष भएको खबरले विद्यालय परिवार हर्षित छ ।’

व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्थाका रुपमा रहेको जेसीज एउटा बिशुद्ध सामाजिक संस्था हो । जुन संस्थामा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरु सहभागी हुन्छन् । जुनियर जेसीजमा १४ देखि १८ वर्ष समूहका बालबालिकालाई समावेश गरिन्छ । सानै उमरेमा एउटा सामाजिक संस्थाको नेतृत्व गर्न पाएका शुलभको जेसीजको आगामी यात्रा कस्तो हुने हो त्यो त हेर्न बाँकी नै छ ।

तर, जसरी आज यो अवस्थामा आइपुग्न सफल भएका छन्, त्यसले पक्कै पनि उनले आफ्नो जीवनमा थुप्रै काम गर्न सक्छन् भन्ने सङ्केत देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: