‘सुलभको मृत्यु खोपले होइन’

  प्रकाशित मिति
५ फाल्गुन २०७२, बुधबार ०६:३९


khop1
विर्तामोड । झापाको शान्तिनगर–१ निवासी दलबहादुर राईको २ महिने छोरा सुलभ राईको खोपका कारणले नभई जन्मदै हुने रोग ‘हेमोरेजिक डिजिज’को कारण मृत्यु भएको अनुसन्धान रिपोर्ट सार्वजनिक भएको छ ।

गत माघ ५ गते सुलभलाई वीसीजी लगायतका नियमित खोप लगाइएकोमा अधिक रक्तश्रावका कारण उपचारका व्रmममा उनको ३ दिनपछि मृत्यु भएको थियो ।
‘जन्मदै रगत नजम्ने रोग भएका कारण बच्चाको मृत्यु भएको अनुसन्धानको रिपोर्ट आएको छ’, जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहता भन्छन्–‘पहिल्यैदेखि विरामी रहेको बच्चामा खोप लगाइएको संयोग मात्र परेको रहेछ ।’

रिपोर्टमा बच्चाको मृत्युको कारण ‘हेमोरेजिक डिजिज अफ न्यू बर्न’ उल्लेख गरिएको छ । रिपोर्टमा बच्चाको दिसाबाट १० दिन अघिदेखि नै रगत जाने गरेको र उनमा हजारौँमा मात्र हुने रक्तश्राव नरोकिने ‘हेमोरेजिक डिजिज’ फेला परेको उल्लेख छ ।

अनुसन्धान रिपोर्टले शान्तिनगरमा पठाइएको खोपको जाँच गर्दा त्यसमा कुने खरावी फेला नपरेको जनाएको छ । मृत्युमा खोपको दोष नदेखिएको रिपोर्टमा दावी गरिएको छ ।

खोप लगाएका सुलभको मृत्यु सन्दिग्ध देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले माघ ६ गते नै घटनाको छानविन रिपोर्ट नआएसम्मका लागि जिल्लाका सम्पूर्ण खोप कार्यव्रmम स्थगित गर्ने निर्णय गरेको थियो ।

घटनाको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञ टोलीले तीन साता लामो छानविन गरेर रिपोर्ट तयार पारेको हो । विश्व स्वास्थ्य सङ्गठनको दमकस्थित कार्यालयका डा. पासाङ राईको नेतृत्वमा भएको छानविन टोलीले स्वास्थ्य विभागमा रिपोर्ट बुझाएको छ ।

सो रिपोर्टको निष्कर्षलाई विभागको बाल स्वास्थ्य महाशाखाले झापा जिल्ला जनस्वास्थ्य कार्यालयलाई पठाउँदै सुलभको मृत्यु खोपको कारणले नभएको स्पष्ट पारेको हो ।

जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मेहताका अनुसार माघ २९ गते महाशाखाको टोली रिपोर्टको निष्कर्ष बोकेर झापा आएको थियो । महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतमले रिपोर्ट बारेमा जिल्लाका स्वास्थ्यकर्मी र शान्तिनगर गाविसका प्रतिनिधिहरूलाई जानकारी गराइसकेका छन् ।

यसैवीच, जिल्ला जनस्वास्थ्य कार्यालय झापाले विगत २७ दिनदेखि स्थगित गर्दै आएको खोप लगाउने कार्यव्रmम फुकुवा गरेको जनाएको छ । कार्यालयले दादुरा र रुबेला खोप सञ्चालन गर्ने भएको हो ।

तीन चरणमा फागुन ९ गतेबाट सुरु भई फागुन २८ गते सम्पन्न गर्ने र यसका लागि नौ महिनादेखि पाँच वर्षसम्मका एक लाख १३ हजार बालबालिकालाई भ्याक्सिन दिइने मेहताले जानकारी दिए ।

यो कार्यव्रmमसँगसँगै जन्मेको शिशुदेखि पाँच वर्षका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यव्रmम पनि रहेको बताइएको छ ।  यसैगरी, फागुन २१ र २२ गते झापाका सबै नागरिकलाई हात्तीपाइले रोगको औषधि पनि खुवाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: