‘सुसेलीको विमोचन र छितेनको सम्मान

  प्रकाशित मिति
१७ बैशाख २०७६, मंगलवार २०:१२


   

मेचीनगर । सुसेली साहित्यिक परिवार काँकरभिट्टाको आयोजनामा मंगलबार मेची वस व्यवसायी संघको सभाहलमा ‘सुसेली अङ्क १७’ को विमोचन र चित्रकार छितेन शेर्पालाई सम्मान गरिएको छ ।

प्रा. डा. भीम खतिवडाको प्रमुख आतिथ्य, भाषाविद् चूडामणि रेग्मी, भानु साहित्य प्रतिष्ठान झापाका अध्यक्ष कृष्ण प्रसाद उप्रेती र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीको विशेष आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिहरुले ‘सुसेली अङ्क १७’ को लोकार्पण गरेका थिए ।
लोकार्पित कृतिको समीक्षा सह प्राध्यापक लीला अधिकारीले गरेका थिए ।

सुसेलीले प्रत्येक वर्ष समाजमा विशिष्ट योगदान पुर्याउने एकजना व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यसपटक सुसेलीले मेचीनगर– ६ , काँकरभिट्टा निवासी चित्रकार छितेन शेर्पालाई नगद राशी ११ हजार नगदले सम्मान गरेको हो ।

सम्मानित व्यक्तित्वको परिचय सुसेली साहित्यिक परिवारकी कोषाध्यक्ष भुवन सुब्बा खरेलले गराएकी थिइन् भने सम्मान पत्र पनि उनैले वाचन गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. भीम खतिवडा, मेचीनगरकी उपप्रमुख मीना उप्रेती, कञ्चनजङ्घा एफ. एमका प्रबन्धक निर्देशक चन्द्र भण्डारी, प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र सङ्ग्रौला, प्रलेस पूर्व केन्द्रीय सदस्य भवानी क्षेत्री, प्राज्ञ यज्ञराज प्रसाईं, शैक्षिक व्यक्तित्व भीम खवास, स्रष्टा कृष्णप्रसाद उप्रेती र सम्मानित व्यक्तित्व छितेन शेर्पाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कविहरु शंकर भट्टराई, नुरज भट्टराई नदी, भवानी क्षेत्री, कृष्ण प्रकाश सुमार्गी, चेतन ओली, सरस्वती निरौला, मायामितु न्यौपाने, जय निरौला, गंगा प्रसाद ओडारी र देवीचरण भण्डारीले आ–आफ्ना सिर्जना वाचन गरेका थिए । सोही कार्यक्रममा मेचीनगर नगरपालिका भित्रका माध्यामिक विद्यालय स्तरीय विद्यार्थीहरु माझ भएको प्रतियोगितात्मक कथा लेखनमा १७ वटा विद्यालयका २१ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

पुण्य खरेल र डा. ठाकुर प्रसाद पोखरेलको मूल्यांकन तथा निर्णायक समितिको निर्णयानुसार सनसाईन आवासीय मामावि मेनपा की छात्रा सोनु ढुङ्गाना प्रथम, भानु माविकी छात्रा ऋतु बास्तोला द्वितीय र तारापुञ्ज माविकी छात्रा सिमरन थापा तृतीय भएका थिए भने आदर्श माविका छात्र निकेश गौतमले सान्त्वना स्थान प्राप्त गरेका थिए । विजयीहरुलाई क्रमशः पाँचहजार, चारहजार, तीनहजार र दुईहजार नगद राशी सहित प्रमाणपत्र प्रदान गरिएको थियो । सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सुसेलीका उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले गरेका थिए भने सञ्चालन सचिव कनक कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: