सुहायो मेचे पहिरन

  प्रकाशित मिति
२८ बैशाख २०७६, शनिबार २०:१०


धुलावारी । मेचे समुदायको अन्तर्राष्ट्रिय साहित्य सभाको उद्घाटनमा आएका मुख्यमन्त्री शेरधन राईलाई मेचे पहिरन निकै सुहाएको थियो ।

दौरा सुरुवाल कोटमा मात्र प्राय देखिदै आएका मुख्यमन्त्री राईलाई मेचेको पहिरन आरोनाई र ज्याकेटमा मञ्चमा देख्दा खुशी लागेको मेचीनगरका युवा अगुवा सञ्जय मेचेले बताए ।

मुख्यमन्त्री राईलाई शनिवार विहान ११ बजे उद्घाटनको निम्तो पठाइएको थियो । उनी ११ बज्नु अघि नै प्रदेशको राजधानीबाट डेढसय किलोमिटर दुरी छिचोलेर धुलावारी आइपुगेका थिए ।

उनी धुलावारी आउँदा सभाका आगन्तुकहरु भर्खर भर्खर कार्यक्रमस्थलमा आउन थालेका थिए । आयोजकले खाना खुवाउन उनलाई स्थानीय रोयल निर्भान पुर्याएका थिए ।

होटलमा मुख्यमन्त्रीसँग भारतको आसामका लोकसभा र विधानसभाका सांसदहरुले भेटघाट गरेका थिए भने पार्टीका नेताहरुसँग समेत त्यही भेटघाट भएको थियो ।

विराटनगरबाट दौरासुरुवालमा आएका मुख्यमन्त्री राई होटलबाट कार्यक्रमस्थलमा आउँदा मेचे पहिरन आरोनाई र ज्याकेटमा सजिएका थिए ।

कार्यक्रमको उद्घाटन निकै लामो भए पनि उनी धैर्यपूर्वक बसेका थिए भने शुभकामना मन्तब्यमा मेचे समुदायका लागि आगामी बजेटमा व्यवस्था गर्ने आश्वासन दिएका थिए ।

सभामा सहभागी भारतीय पाहुनाहरुले अनिवार्य रुपमा मेचे पहिरन लगाएको भए तापनि नेपाली मेचेहरुले भने जातीय पहिरन कमैले लगाएका थिए । कार्यक्रमको अध्यक्षता गरिरहेका कमल मेचेले समेत जातीय पोशाक लगाएका थिएनन् भने उद्घोषक रोशनी मेचे र स्वागत मन्तब्य ब्यक्त गर्ने रोङलाल मेचेले जातीय पहिरन लगाएका थिए ।

सङ्घीय सांसद् कुमारी मेचेले जातीय पोशाक लगाएकी थिइन् भने संविधानसभा सदस्य चन्द्र मेचेले जातीय पहिरन लगाएा थिएनन् ।

https://www.facebook.com/mohan.kazi.3/videos/2487772994574680/

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: