सूचना उपलब्ध गराउन आयुक्तको निर्देशन

  प्रकाशित मिति
१७ जेष्ठ २०७३, सोमबार ०८:२२


krishnahari-baskota-660x330

इलाम । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकलाई सहज तरिकाले सूचना उपलब्ध गराउन जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएक छन् ।

इलाम सदरमुकाममा सोमबार बिहान आयोजित सरकारी कार्यालय प्रमुखहरूसँगको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा आयुक्त बाँस्कोटाले नागरिकले पाउने सूचनाको हकलाई कुण्ठित गर्न नहुने बताए ।

सूचनाको हकसम्बन्धी ऐनलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सकेमा मात्र नागरिकले सहजै सूचना पाउन सक्ने बताउँदै उहाँले कार्यालयले दिन मिल्ने र सार्वजनिक चासोका सूचना तत्काल नागरिकलाई उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

सूचना दिने बानीले भ्रष्टाचारमा कमी, सुशासन कायम हुने हुँदा समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विचार व्यक्त गरे ।

प्रमुख आयुक्त बाँस्कोटाले सरकारी तथा गैरसरकारी कार्यालय, सङ्घसंस्था, सार्वजनिक निकायले नागरिकले पाउने सूचनाको हकबाट कसैलाई पनि वञ्चित गर्न नहुने भन्दै सूचना पाउनु हरेक नागरिकको दायित्व भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: