सूचना प्रवाह तथा विकास पत्रकारिता’

  प्रकाशित मिति
१४ चैत्र २०७२, आईतवार ०८:२९


भद्रपुर । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र जिल्ला विकास समितिको सहयोगमा सञ्चालित ‘सूचना प्रवाह तथा विकास पत्रकारिता’ विषयक दुई दिने प्रशिक्षण आज आइतबार सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको प्रशिक्षण समापन समारोहमा प्रमुख अतिथि स्थानीय विकास अधिकारी खेमराज ओझाले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रशिक्षणमा विषयगत सरकारी कार्यालयका सूचना अधिकारी र क्रियाशील सञ्चारकर्मीसहित ३४ जनाको सहभागिता रहेको पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए । प्रशिक्षणको सहजीकरण सञ्चारविद् तथा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले गरेका थिए ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का जिल्ला अध्यक्ष गणेशमान मुखिया, प्रशिक्षक पन्त, अध्यक्ष नेम्वाङले समेत सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

सहभागीको तर्फबाट पत्रकार अम्विका भण्डारी र जिल्ला प्रशासनका सूचना अधिकारी सुरेश आचार्यले धारणा राखेको कार्यक्रमको सञ्चालन महासंघका सचिव एकराज गिरीले गरेका थिए ।

सरकारी कार्यालय र पत्रकारवीच सम्वन्ध सुमधुर बनाउदै विकास पत्रकारितालाई प्रभावकारी बनाउन प्रशिक्षण फलदायी भएको सहभागीको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: