सूर्योदय क्विज सिजन–६ : उपाधि बरुण कलेज संखुवासभालाई

  प्रकाशित मिति
२८ जेष्ठ २०७९, शनिबार ०९:३५


बिर्तामोड, २८ जेठ । संखुवासभाको खाँदबारी स्थित वरुण मल्टिपल कलेज प्रदेश स्तरीय सूर्योदय क्विज सिजन–६ को विजेता बनेको छ ।
जनता मल्टिपल कलेज इटहरीलाई पछि पार्दै वरुण मल्टिपल कलेज खादवारी क्विज च्याम्पियन बनेको हो ।

सिजनको फाइनल राउन्ड निकै रोचक भएको थियो । फाइनलमा वरुण र जनता मल्टिपल कलेजबिच ट्राइबे्रकरपछि वरुण मल्टिपल कलेजले उपाधि हात पारेको हो ।

सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीको अध्यक्षतामा सम्पन्न फाइनल कार्यक्रमको प्रमुख आतिथ्यता बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पबित्रा महतारा प्रसाईँको रहेको थियो ।

प्रतियोगितामा जनता मल्टिपल कलेज इटहरी दोस्रो, दमकको मोडल क्याम्पस तेस्रो भए । फाइनलमा कनकाई मल्टिपल कलेज सुरुंगा झापा र इटहरीको कोशी सेन्टजेम्स पनि पुगेका थिए । फाइनल राउन्ड सूर्योदय टेलिभिजनबाट जेठ २७ गते शुक्रबार राति ८ः ३० बजे प्रसारण भएको थियो ।

लिग राउण्ड, सेमिफाइनल राउण्ड हुँदै प्रदेश १ भरीका एकसय भन्दा बढी बिद्यालय तथा कलेजमध्ये बाट ५ उत्कृष्टले फाइनल सम्मको यात्रा तय गरेका थिए ।

पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो । सूर्योदय टेलिभिजनका अध्यक्ष उप्रेती, प्रबन्ध निर्देशक बिष्णु मैनाली उप्रेती, व्यवस्थापक आशिष उप्रेतीले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक मैनाली र प्रस्तोता प्रेमसागर घिमिरे थिए । यो प्रतियोगितामा भाग लिने कोही पनि विद्यार्थीलाई घाटा नहुने टेलिभिजनका अध्यक्ष उप्रेतीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रसाईंले स्थानीय क्षेत्रका विभिन्न खालका विषय बस्तुलाई उठान गर्दै आएको टेलिभिजनलाई धन्यवाद दिँदै विद्यार्थीहरुका यस्ता प्रतिस्पर्धाले विद्यार्थीको अध्ययनमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

फाइनल कार्यक्रममा द भोइस अफ किड्समा उपविजेता बनेकी अनुजा कडरिया र गायक रमेशजंग कडरियाको प्रस्तुतिले वेग्लै रौनक थपेको थियो । कार्यक्रममा सिम्रिक साकोसका कमल बस्नेत, हिमालय पार्टी प्यालेसका सञ्चालक देवीप्रसाद संग्रौला, इन्टरनेट सेवा प्रदायक संस्था

ब्रोडलिङ्कका बजार व्यवस्थापक सन्तोष कार्की, डोएन टिभीका प्रबन्ध निर्देशक कृष्णप्रसाद खरेल लगायतको उपस्थिति रहको थियो । कार्यक्रमको सञ्चालन सूर्योदय टेलिभिजनका कर्पाेरेट डिरेक्टर यम विमलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: