सेजल–हत्या छानविन : प्रेम सम्बन्ध राख्ने आरोपी अरुण पक्राउ

  प्रकाशित मिति
२ असार २०७८, बुधबार ११:३५


दमक, २ असार । दमकको लाइफलाइन अस्पतालमा रेडियोलोजी विषयकी १८ वर्षीया छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ ।

पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर घर भई हाल दमकमा डेरा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिएको हो ।

अरुण र सेजलबीच प्रेम सम्बन्ध रहँदै आएको थियो । आरोपितलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गरिने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताएका छन् ।

दमक–५ स्थित एक घरमा डेरा बस्दै आएकी सेजल कोइराला लाइफलाइन अस्पतालमा रेडियोलोजी थर्ड इयरमा पढ्दै थिइन् ।
इलामको देउमाई नगरपालिका वडा नं. ४ मङ्गलवारेकी सेजललाई आफ्नै डेराको शौचालयमा जेठ २७ गते साँझ बेहोश अवस्थामा साथीहरुले भेटेका थिए ।

साथीहरुले नै उपचारका लागि लाइफलाइन अस्पतालमा पुर्याएका थिए । अस्पतालमै उनको मृत्यु भएको थियो ।

(स्रोत : रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज