सेनाका मेजर, अध्यक्षलाई पितृशोक

  प्रकाशित मिति
२० माघ २०७६, सोमबार १८:२२


मेचीनगर । काँकरभिट्टाका शिक्षासेवी एवम् काँकरभिट्टा क्याम्पसका अध्यक्ष कमल थापालाई पितृशोक परेको छ ।

उनका ८६ वर्षिय बुबा हर्कबहादुर थापा क्षेत्रीको सोमबार विहान मेचीनगर–६, काँकरभिट्टास्थित निजी निवासमा निधन भएको हो ।

लामो समयदेखि पोस्टेटका विरामी समेत रहेका थापाको विहान करिव ४ वजे घरमै निधन भएको परिवारले जनाएको छ ।

वि. सं. १९९१ साउन १९ गते जन्मिएका हर्कबहादुरकी श्रीमती देविमाया थापाको २०७५ मंसीर २ गते ७९ वर्षको उमेरमा निधन भएको थियो ।

 

थापाका ४ छोराहरुमा कमल, जयकृष्ण, तिलक र विमल थापा तथा ३ छोरीहरुमा रेखा मुखिया, पुष्पा बोहोरा र विना पौडेल छन् ।

उनका जेठा छोरा कमल थापा काँकरभिट्टा बहुमुखी क्याम्पसका अध्यक्ष, आधुनिक बचत तथा ऋण सहकारी संस्था मेचीनगरका सचिव, जनसंसद् दैनिकका उपाध्यक्ष, नेपाल मधुमेह प्रतिष्ठानका कोषाध्यक्षलगायत विभिन्न सङ्घ–संस्थामा आबद्व छन् ।

त्यस्तै जयकृष्ण र तिलक व्यवसायी हुन् भने विमल थापा नेपाली सेनाका मेजर हुन् ।

स्वर्गिय थापाको सोमबार दिउँसो स्थानीय मेची नदीको घाटमा दाहसंस्कार गरिएको छ ।

अन्त्यष्टिमा मेचीनगरका राजनीतिक दल, नागरिक समाज, बुद्विजिवी लगायत सर्वसाधरणहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अन्त्यष्टिमा नेपाली सेना झापाको एउटा टुकृडिले सेनाका मेजर विमलका स्वर्गिय बुबा हर्कबहादुर थापाप्रति सलामी अर्पण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: