सेनाको आवासमा सय बेडको क्वारेन्टाइन

  प्रकाशित मिति
१६ चैत्र २०७६, आईतवार २०:३७


(यो फोटो चारआलीको होइन । टाँढीस्थित सेनाको क्वारेन्टाइनको हो ।)

मेचीनगर । चारआलीस्थित नेपाली सेनाको नयाँ श्रीनाथ गणको आवास क्षेत्रमा एक सय बेडको क्वारेन्टाइन निर्माण सुरु गरिएको छ ।

झापा जिल्ला कोरोना भाइरस रोकथाम, उपचार, अनुगमन तथा समन्वय समितिको आइतवारको बैठकले सेनाकै आवास क्षेत्रमा क्वारेन्टाइन बनाउने निर्णय गरेको समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले जानकारी दिए ।

क्वारेन्टाइन बनाउन लागिएको सो सैनिक क्षेत्र मेचीनगर–१३ मा पर्छ । सर्पदंश उपचार केन्द्रको नजिकै रहेको सो आवास क्षेत्रमा थुप्रै खाली भवनहरु छन् । नेपाली सेनाको २१ नम्वर बाहिनी कमल गाउँपालिकाको चुलाचुली क्षेत्रमा सरेपछि सैनिक आवासका भवनहरु खाली थिए ।

‘आवासका २२ वटा कोठामा आजै रङरोगन भइसकेको छ,’ समितिका संयोजक पोर्तेलले भने–‘तीन दिनभित्र सेनाले क्वारेन्टाइन बनाइसक्ने भएको छ ।’ सो क्वारेन्टाइनको सम्पूर्ण व्यवस्थापन नेपाली सेनाले नै हेर्ने भएको छ ।

बैठकले क्वारेन्टाइनका लागि विर्तामोडको अग्रसेन भवन, अतिथिसदन, अर्जुनधाराको दिपज्योति बोर्डिङ र कनकाईको कोटीहोम क्षेत्रमा सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको उनले बताए ।

हाल झापाको २० स्थानमा ३९५ क्षमताको क्वारेन्टाइन स्थानीय सरकारहरुको पहलमा निर्माण भइसकेको छ ।

जसमा ५६ जना व्यक्ति बसिरहेका र २ जना घर फर्किएको झापा जिल्ला समन्वय समितिको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

मेचीनगरमा सबैभन्दा बढी २५ व्यक्ति क्वारेन्टाइनमा बसिरहेका छन् भने सो नगरमा ५९ बेडको क्वारेन्टाइन छ ।

विर्तामोडले सबैभन्दा बढी क्षमताको क्वारेन्टाइन बनाएको छ । ९० क्षमताको विर्तामोडको क्वारेन्टाइनमा एक जना मात्र बसेका छन् ।

कनकाईमा ४० बेडको क्वारेन्टाइनमा ८ जना बसेका छन् । झापा गापामा २२ बेडमध्ये ८ जना, दमकमा २० बेडमध्ये ३ जना, शिवसताक्षीमा १६ मध्ये ३ जना, भद्रपुरमा ३२ मध्ये ३ जना र गौरादहमा १० मध्ये १ जना क्वारेन्टाइनमा बसेका छन् ।

कचनकबलमा ९, कमलमा १५, गौरीगञ्जमा १०, बाह्रदशीमा २५, बुद्धशान्तिमा १० र हल्दिबारीमा २० बेडको क्वारेन्टाइन बनेको छ । यी क्वारेन्टाइनमा कोही पनि बसेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: