सेनाको व्यारेकमा विद्यार्थीलाई प्रशिक्षण

  प्रकाशित मिति
२४ चैत्र २०७५, आईतवार २१:५२


मेचीनगर । नेपाली सेनाको २१ नं. वाहिनी अड्डाले फुटबल र बास्केटबलमा रुचि राख्ने विद्यार्थीहरुलाई प्रशिक्षण दिन थालेको छ ।

झापा र इलामका विभिन्न विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत् ६० जना विद्यार्थीलाई फुटबल र बास्केटबलको प्रशिक्षण आइतवारदेखि दिन थालेको हो ।

बैशाख १० गतेसम्म सञ्चालन हुने प्रशिक्षणमा राष्ट्रसेवा दल (एनसीसी), सैनिक परिवारका छोराछोरी र अन्य विद्यार्थीहरु सामेल छन् ।

कमल गाउँपालिका वडा नं. २ मा रहेको बाहिनीको तोपगाछी व्यारेकको खेलमैदानमा प्रशिक्षण सुरु भएको छ ।

सो अवसरमा बाहिनी अड्डाका अप्रेसन अधिकृत प्रमुख सेनानी मधुसुदन नरसिंह राणाले नेपाली सेनाले खेलकुदलाई विशेष महत्व दिएको चर्चा गर्दै विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए ।

स्थानीय स्तरबाटै खेलाडीको विकास र छनोट गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम राखिएको प्रमुख सेनानी राणाले बताएका थिए ।

कार्यक्रममा नेपाली सेनाको गतिविधि सम्बन्धी वृत्तचित्र समेत छात्रछात्राहरुलाई देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: