सेनाको हेलिले गर्यो होटलमा फँसेका दुईको उद्धार, ७ जनाको शब भेटियो

  प्रकाशित मिति
२ असार २०७८, बुधबार १०:१६


झापा, २ असार । मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फँसेका दुई व्यक्तिलाई आज विहान नेपाली सेनाले होलिकोप्टरबाट उद्धार गरेको छ ।

मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फँसेका थिए ।

होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

बाढीले होटलको तल्लो तल्लाहरु डुबाएको थियो । त्यसपछि बाहिर निस्कन नसकेका उनीहरु जोखिममा परेका थिए ।

यसैबीच, अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले बगाएर सात जनाको मृत्यु भएको छ ।

हेलम्बु क्षेत्रमा आज उनीहरुको शव आज भेटिएको हो ।

हिजो बेलुकी मेलम्चीमा बाढी आएर स्थानीय बस्तिहरु बगाएपछि आज बिहानबाट प्रहरीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ ।

बाढीले वेपत्ता भएकामध्ये सातजनाको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज