सेनाले भेट्याएको रकम व्यक्ति फेला नपर्दा प्रहरीलाई जिम्मा

  प्रकाशित मिति
६ फाल्गुन २०७६, मंगलवार १७:२४


 

झापा । नेपाली सेनाका जवानले दमक नगरपालिका–६ स्थित गरिमा विकास बैंकको अगाडि भेट्याएको रु. १ लाख प्रहरीलाई बुझाएको छ ।

पूर्वी पृतना अन्तरगत नंं. २१ बाहिनी अड्डामा कार्यरत नयाँ श्रीनाथ गणका जवान मेघबहादुर अधिकारीले एक हप्ता अघि फेला पारेको सो रकम इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको हो ।

नम्बर २१ बाहिनीपति सहायक रथी डा. आशबहादुर तामाङका अनुसार सो रकम गरिमा विकास बैंक अगाडि बेलडाँगी सडक खण्डमा भेटिएको थियो । हालसम्म रकम हराउने व्यक्ति सम्पर्कमा नआएको हुँदा दमक इप्रकामा बुझाइएको उनको भनाई छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले स्थानीय मिडियाबाट र प्रहरीको फेसबुक पेजबाट सूचना जारी गरिरहेको बताउँदै भन्नुभयो, ‘आजसम्म कोही दाबी गर्न आएका छैनन् । प्रमाणसहित दाबी गर्न आएमा सो रकम फिर्ता गरिदिन्छौं ।’

उनले रकम दाबी गर्न कोही नआएमा कानुन बोजिम जिल्ला प्रशासन कार्यालय झापामा बुझाइदिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: