सेना र सशस्त्रका प्रमुख कालापानी पुगे

  प्रकाशित मिति
३ असार २०७७, बुधबार १३:२४


झापा, ३ असार । बुधबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल बुधबार दार्चुला पुगेका छन् । कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न उनीहरु त्यहाँ पुगेका हुन् ।

कालापानी–लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरी उद्घाटन गरेपछि बैशाख ३१ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाले बिओपीको उद्घाटन गरेका थिए ।

यतिबेला सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्रु सीमा निगरानी चौकी (बिओपी) सञ्चालनमा ल्याइएपछि सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती गर्न थालेका हुन् ।

उक्त बिओपीमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको कमाण्डमा २५ प्रहरी खटाइएको छ । नेपाली सेनाको हेलिकप्टरले दुई पटक गरेर सशस्त्र प्रहरी, नेपाल प्रहरी र बिओपीका लागि चाहिने सामान छाङरु पु‍र्याएको थियो ।

स्रोत : रातोपाटी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: