सेपाक ताक्रोका खेलाडीलाई सम्मान

  प्रकाशित मिति
२८ माघ २०७४, आईतवार १०:५३


इटाभट्टा । नेपालमा भर्खरै भित्रिएको सेपाक ताक्रो खेलमा झापाका खेलाडीहरुले पाएको सफलताको उच्च प्रशंसा भएको छ ।
खुट्टा र टाउकोले नेटमा बल हुत्याएर खेलिने सेपाक ताक्रो खेलमा झापा मुलुककै उत्कृष्ट ठहरिदै आएको यस खेलका प्रशिक्षक राजु शिवाकोटी बताउँछन् ।

राष्टिूय तथा अन्तर्राष्टिूय प्रतिष्पर्धामा बिजेता बनेका झापाका खेलाडीहरुलाई शनिवार विहान प्यारीभिट्टा युवा क्लवले एक समारोहविच सम्मानित गरेको छ ।

प्यारीभिट्टा बसपार्कमा भएको सम्मान कार्यक्रममा झापा खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा प्रमुख अतिथि थिए भने मेचीनगर(७ का वडाध्यक्ष चन्दन मेचे विशेष अतिथि थिए ।

सेपाक ताक्रोको राष्टिूय महिला टिममा पर्न सफल मेचीनगरका खेलाडी रुक्साना अली र रोमा भुजेल लगायत विभिन्न प्रतिष्पर्धामा बिजयी खेलाडीहरुलाई सो अवसरमा खादा र प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।

झापा जिल्ला सेपाक ताक्रो सङ्घका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि थापा, विशेष अतिथि मेचे, प्रेस क्लव मेचीनगरका अध्यक्ष ज्ञानेन्द्र निरौला, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी टङ्क भट्टराई, नेपाल खेलकुद महासङ्घ प्रदेश नं. १ का सदस्य बालकृष्ण थापा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्दै सेपाक ताक्रोमा झापाले छोटो अवधिमै पाएको सफलताको खुला दिलले प्रशंसा गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी गुल्म काँकरभिट्टाका डीएसपी दिनेश बस्नेत, प्यारीभिट्टा युवा क्लवका अध्यक्ष एवम् सेपाक ताक्रो प्रशिक्षक मुक्ति काफ्ले, कराँते प्रशिक्षक हरि बस्नेत, प्रगति टोलका अध्यक्ष दिलबहादुर तामाङ, समाजसेवी गङ्गाराम चिमरिया, कृष्ण कट्टेल, पत्रकार मोहन काजी लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: