सेवाग्राहीले गरे मालपोत कार्यालयमा तोडफोड

  प्रकाशित मिति
१० फाल्गुन २०७४, बिहीबार १४:३५


भद्रपुर । मालपोत कार्यलय भद्रपुर झापाले सेवाग्राहीहरुको कामलाई चुस्त र मर्यादित बनाउने उदेश्यले कम्पुटर डिजिटल प्रणालीबाट सेवा प्रवाह गर्न थालेको छ ।

कार्यालयमा यहि फागुन ६ गतेदेखि छिटो छरितो ढङ्गले सेवाग्राहीलाई सेवा प्रवाह गर्न डिजिटल प्रणाली लागु गरिएको हो ।

डिजिटल प्रणालीबाट काम गर्दा छिटो र सरल तरिकाले गर्न सकिनुका साथै प्रत्येक सेवाग्राहीको समेत सही अभिलेख रहने मालपोत कार्यालय भद्रपुरका प्रमुख रोशन शंकर घिमिरे बताए ।

उनले डिजिटल प्रणाली प्रयोग गर्ने देशको २४ औ अड्डा मालपोत कार्यालय भद्रपपुर रहेको बताए । प्रमुख घिमिरेले कर्मचारीहरुमा प्राविधिक दक्षता कम भएका कारण सेवाग्राहीहरुले सोचे जस्तो छिटो र सरल सेवा प्रदान गर्न नसकिएको स्वीकार गर्दै कर्मचारीहरुमा प्रविधिमा दक्ष भएपछि भने सोचे अनुसार सेवा प्रवाह गर्न सकिने बताए ।

यता सेवाग्राहीले भने डिजिटल प्रणालीवाट सेवा प्रदान गर्ने वहानामा मालपोतका कर्मचारीहरुले घुुस लिन खोजेको र काममा ढिलासुस्ती गरेको भन्दै कार्यालय तोडफोड समेत गरेका छन् ।
उनीहरुले कर्मचारीहरुले सेवाग्राहीबाट घुस लिने वहानामा काममा ढिला सुस्ती गरेको वताउँदै कार्यालयका कुर्सी ब्रेन्च लगायतका विभिन्न सामग्रीहरुमा तोडफोड गर्नुका साथै छिटो र छरितो तवरवाट आफूहरुको काम हुनु पर्ने माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: