सेवामा समर्पित विमल

  प्रकाशित मिति
२३ कार्तिक २०७३, मंगलवार १०:५१


bimal-acharya

मेचीनगर–१० काँकरभिट्टाका विमल आचार्य सामाजिक क्षेत्रमा सव्रिmय व्यक्तित्वका रुपमा परिचित छन् । व्यवसाय, राजनीति र समाजसेवालाई एकैसाथ अंगालेका आचार्य मेचीनगर क्षेत्रमा शालिन र भद्र व्यक्तिका रुपमा चिनिन्छन् । आजको साता व्यक्तित्वका रुपमा उनै समाजसेवी विमल आचार्यको जीवन कथालाई प्रस्तुत गर्ने जमर्काे गरेको छु ।

विसं २०२६ साल असार २० गते भारतको आसाममा बुबा जयकृष्ण आचार्य र आमा मेनुका आचार्यका साइँला छोराका रुपमा जन्मिएका उनी २०३२ सालमा नेपाल आएका थिए । काँकरभिट्टा माविमा कक्षा ७ सम्म अध्ययन गरेका उनले भारतको मिरिकबाट एसएलसी उत्तीर्ण गरे काठमाडांैको त्रिचन्द्र कलेजमा बिए अध्ययन गर्दै गर्दा व्यवसायमा लागेका उनी अहिले झापाका सफल व्यवसायीमा गनिन्छन् । उनले २०४९ सालमा साथीहरूसँग मिलेर ट्रान्सपोर्टको व्यवसाय सुरु गरेका थिए । सो व्यवसाय अन्तरगत भारतको मेघालयबाट नेपालका लागि कोइला निर्यात गरिन्छ । उनको व्यवसायमा ३० जना भन्दा धेरैले रोजगारी समेत पाएका छन् । २०५४ सालमा सन्तोष निर्माण सेवाको फर्म दर्ता गरी भन्सार एजेन्डको रुपमा अर्काे व्यवसाय सुरु गरेका थिए उनले ।

उनी राजनीतिक क्षेत्रमा पनि उत्तिकै सव्रिmय छन् । २०३६ सालमा सानै उमेरदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा होमिएका उनी ३ वटा नेपालमा आन्दोलनका साक्षी बनिसकेका छन् । २०३६ सालको जनमत सङ्ग्रह, २०४६ सालको प्रजातन्त्र पुनःस्थापना र २०६२÷६३ को जनआन्दोलनमा उनले अतुलनीय योगदान गरेको स्वयम् पार्टीका सहकर्मीहरू बताउँछन् । यसो त उनले २०४६ सालको आन्दोलनमा विद्यार्थीको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०४८ सालमा नेपाली काङ्ग्रेसको सदस्यता ग्रहण गरेका उनी अहिले महासमिति सदस्य हुन् । पार्टीको नवौँ महाधिवेशनमा काँकरभिट्टा गाउँ विकासको सदस्य बनेका आचार्यले पार्टीभित्र कहिले पनि पछाडि फर्कनु परेको छैन । १० औँ महाधिवेसनमा क्षेत्रीय कोषाध्यक्ष बनेका उनी ११ औँ महाधिवेसनमा जिल्ला सदस्य बने ।

पार्टीभित्र हरेक समस्याहरूको समाधान गर्न निरन्तर लागि पर्ने उनले १२ औँ महाधिवेसनमा महासमिति सदस्य तथा जिल्ला सदस्यको जिम्मेवारी लिएका थिए । १३औँमा आइपुग्दा महासमितिको जिम्मेवारी पाए ।

पार्टी भित्रको गुट र उपगुटमा विश्वास नराख्ने उनी आन्तरिक प्रतिस्पर्धामा जित हार हुनु स्वाभाविक भएको टिप्पणी गर्छन् । उनी पार्टीको मुल जरो बलियो भयो भने सिङ्गो पार्टी बलियो हुने धारणा राख्छन् । काङ्ग्रेसको सैद्धान्तिक विचारमा आस्था राख्ने जो कोहीलाई उचित स्थान दिएर समेट्न सकेमा तल्लो तहदेखि नै पार्टी बलियो हुने बताउँछन् आचार्य । उनी भन्छन्–‘जसले काम गर्छ उसको कामको कदर पनि हुनुपर्छ ।’

यसो त उनी सामाजिक सङ्घ संस्थामा पनि उत्तिकै सव्रिmय व्यक्ति हुन् । झापाका तिन दर्जन भन्दा बढी सङ्घ संस्थामा रहेर जिम्मेवारी बहन गरिरहेका उनी कुशल नेतृत्वकर्ता समेत हुन् । मेचीनगरका अधिकांश सङ्घ संस्थामा कुनै न कुनै पदमा उनलाई राख्ने गरिएको छ । यतिसम्मकी उनले कति वटा संस्थामा त फोन आएपछि मात्र थाहा पाउने गरेका छन् । बिहानदेखि साँझसम्मको समयलाई सहज रुपमा सदुपयोग गर्दै आएका आचार्य दिनभरजसो व्यस्त रहन्छन् । ‘अहिलेसम्म भ्याइएको छ’ लोकतन्त्र पोष्टसँग आचार्यले भने–‘खबर पाएको ठाउँमा जसरी पनि पुग्ने गरेको छु । समयलाई सदुपयोग ग¥यो भने समयले हामीलाई साथ पनि दिन्छ ।’

काँकरभिट्टा क्याम्पसको सञ्चालक समितिको अध्यक्ष समेत रहेका उनी शैक्षिक उन्नयनमा निरन्तर लागि परेका छन् । उनको यो क्याम्पसमा दोस्रो कार्यकाल हो ।

आचार्य भानु साहित्यिक प्रतिष्ठानको कोषाध्यक्ष, मधुमेय प्रतिष्ठानको सदस्य, नेपाल रेडव्रmस सोसाइटी उपशाखा मेचीनगरको संस्थापक अध्यक्ष तथा आजीवन सदस्य, झापा उद्योग सङ्घको सदस्य, दुर्गा काली मन्दिर पुरानो भन्सारको मन्दिर निर्माण समितिका अध्यक्ष, हिमाल यातायातका सल्लाहकार संयोजक, काँकरभिट्टा खानेपानीका सल्लाहकार, ट्रक व्यवसायी सङ्घ झापाको सल्लाहकार, झापा जिल्ला ट्रान्सपोर्ट एसोसियसनका पूर्व अध्यक्ष, धुलाबारी क्याम्पसका पूर्व सदस्य, काँकरभिट्टा माविका पूर्व सदस्य, पूर्वाञ्चल उद्योग सङ्घको मेची अञ्चल प्रतिनिधि, मेची उद्योग वाणिज्य सङ्घको भवन निर्माण समितिका सदस्य तथा हाल सल्लाहकार, आधुनिक बचत तथा
ऋण सहकारीका सल्लाहकार संयोजक, देवकोटा पार्क निर्माण समितिका सदस्यमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

यसैगरी, बलिहाङ तथा श्रीजङ्गा शालिक काँकरभिट्टाका सल्लाहकार, नेपाल ट्रक व्यवसायी महासङ्घको पूर्व सल्लाहकार, नेपाल भन्सार एजेण्ट सङ्घका पूर्व कार्यसमिति सदस्य, नेपाल ट्रान्सपोर्ट एसोसिएसन महासङ्घका सल्लाहकार, रोटरी क्लब अफ काँकरभिट्टाको सदस्य, नेपाल रेडव्रmस मेचीनगर उपशाखा भवन निर्माण समितिका अध्यक्ष तथा पालिया कोटीहोमका संरक्षक समेत छन् ।

सामाजिक, धार्मिक र राजीतिक क्षेत्रमा व्रिmयाशील आचार्यलाई मेचीनगरका पुराना नेता तमर राई शालिन व्यक्तिको रुपमा व्याख्या गर्छन् । नेता राई भन्छन्–‘उनी पार्टीभित्र हरेक समय आवश्यक पर्ने व्यक्ति हुन् । उनको यो समाजमा अत्यन्तै ठूलो योगदान छ ।’

शैक्षिक, धार्मिक तथा विभिन्न सङ्घ संस्थामा सहयोग गर्दै आएका आचार्यले मेची विद्योदय प्रावि मेचीनगर–७ मा सरस्वतीको मन्दिर समेत निर्माण गरिदिएका छन् । उनी धार्मिक क्षेत्रमा पनि उत्तिकै तल्लिन छन्् । नकलबन्दाका होमराज गुरुङ विमलदाईको योगदानदेखि प्रभावित भएको बताउँछन् । उनी भन्छन्–‘यो समाजमा जन्मेपछि सामाजिक क्षेत्रमा समर्पित हुनु नै सच्चा नागरिक हो । जुन देन उहाँमा पाइन्छ । हरेक समय अप्ठ्यारो परेको अवस्थामा साथ र सहयोग गर्न पछि नपर्ने उहाँको योगदानलाई नकलबन्दाबासीले कहिलै बिर्सन सक्दैनौँ ।’

२०५१ सालमा अनारमनी निवासी गीता प्रसाईसँग विवाह गरेका उनका २ भाई छोरा छन् । जेठो छोरा अस्ट्रेलियामा इन्जिनियर गर्दैछन्, कान्छो सिलगुडीमा कक्षा–१० मा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: