‘सेवा केन्द्र राजनीतिक अखडा नहोस्’

  प्रकाशित मिति
१५ आश्विन २०७३, शनिबार १३:२६


kesawrirajबिर्तामोड । नेपाल प्रहरीका पूर्व क्षेत्रीय प्रमुख डिआइजी केशरीराज घिमिरेले सामुदायिक सेवा केन्द्र राजनीतिक पार्टीहरुको अखडा बन्दै गएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बिर्तामोडस्थित सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको दोस्रो साधारणसभालाई सम्बोधन गर्दै घिमिरेले न्याय सेवामा सहजीकरण गर्ने र समाजमा मेलमिलाप कायम गराउन पहल गर्ने संस्थालाई राजनीतिक भागबण्डाको थलो बनाउन नहुने बताएका हुन् ।

डिआइजी घिमिरेले सेवा केन्द्रलाई राजनीतिक अखडा नबनाउन आग्रह गरेका छन् । उनले समाजलाई अपराधमुक्त बनाउने दायित्व पनि समुदायकै रहेको बताए । ‘प्रहरीले मात्रै केही गर्न सक्दैन, गर्ने समुदायले नै हो’, उनले थपे – ‘समुदायका सबै क्रियाकलापमा हाम्रो साथ सहयोग रहन्छ ।’ केन्द्रका अध्यक्ष अर्जुन मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेची अञ्चल प्रहरी प्रमुख एसएसपी केदार रिजाल, झापा प्रमुख एसपी शैलेष थापा, बिर्तामोड प्रहरी प्रमुख डिएसपी खड्गबहादुर खत्री, ट्राफिक प्रहरी प्रमुख ढुण्डीराज गिरी, लोकतन्त्र पोस्टका प्रधानसम्पादक मोहन काजी, सुन्दर आमा समूहकी अध्यक्ष विष्णुमाया आचार्य, डाक्टर प्रल्हाल सापकोटा, सल्लाहकार सदस्य कमलप्रसाद पौडेल, नेपाल महिला सङ्घकी झापा सभापति सुशीला ढकाल, अम्बिर लिङ्देन, मौषम थापालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रलाई सहयोग पुर्याउने कनकाई एजुकेसन फाउण्डेसनका संस्थापक जयनारायण ढुङ्गाना, रेडियो सनराइजका प्रबन्ध निर्देशक कुमार भट्टराई, प्रहरी जवान सुमा न्यौपाने, समाजसेवी एवम् जग्गादाता शारदा थपलिया र धर्म खड्का तथा तेजेन्द्र उप्रेतीलाई सम्मान गरिएको छ ।

उपाध्यक्ष अशोक भट्टराईको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मी गौतमले गरेका थिए ।

अध्यक्षमा पुनः गौतम
सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रमा नयाँ नेतृत्व चयन गरिएको छ । नयाँ कार्य समितिको अध्यक्षमा अजुन मैनाली निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा उत्तम खनाल, सञ्जिव चापागाई, रोशन बिमली र अम्बिर लिङ्देन चयन भएका छन् ।

महासचिवमा लक्ष्मी गौतम, सविचमा अशोक भट्टराई, कोषाध्यक्षमा तारा कार्की र सहकोषाध्यक्षमा शत्रुघनप्रसाद गुप्ता छानिएका छ । सदस्य पदमा ध्रुबकुमार आचार्य, होमनाथ चापागाई, फूलमाया बस्नेत, लक्ष्मी सापकोटा, राधादेवी रिजाल, कुलबहादुर मगरलगायत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: