‘सोच’ साह्रै मन पर्छ

  प्रकाशित मिति
२५ बैशाख २०७३, शनिबार ०६:२५


DEO Ilam

रामप्रसाद पाण्डे इलामका जिल्ला शिक्षा अधिकारी हुन् । अध्ययनमा गहिरो रुचि भएका उनी वर्षमा ५ हजार रुपैयाँसम्मका पुस्तक खरिद गर्दै आएको बताउँछन् । लोकतन्त्र पोस्टको शनिवारका लागि इलाम समाचारदाता नमिन ढकालले गरेको पुस्तक वार्ता प्रस्तुत छ–

अध्ययनमा कति समय खर्च गर्नु हुन्छ ?
कार्य व्यस्तताले गर्दा त्यति धेरै समय निस्कन सकेको छैन । तर दैनिक २ घण्टा पढ्छु ।

पुस्तक खरिदमा कति बजेट छुट्याउने गर्नुभएको छ ?
बार्षिक रुपमा त्यस्तै ३÷४ हजारसम्म गर्ने गरेको छु । कुनै वर्ष ५ हजारसम्म पुग्छ ।

तपाईले कति पुस्तकहरू सङ्ग्रह गर्नु भएको छ ?
शिक्षासँग सम्बन्धित भएको नाताले पुस्तकहरू अधिकतम सङ्ग्रह गर्नुपर्ने हुन्छ । अहिले करिव २ हजारको सङ्ख्यामा पुस्तकहरू मसँग सङ्ग्रहित रहेका छन् ।

कस्ता पुस्तक रुचाउनु हुन्छ ?
साहित्य र कानुनसँग सम्वन्धित पुस्तक बिशेष पढ्ने गरेको छु । कहिलेकाहिँ ऐतिहासिक दस्ताबेजहरूलाई पनि अध्ययनको सूचीमा राख्ने गरेको छु ।

मन परेर पनि खरिद गर्न नपाएको पुस्तक ?
कर्ण शाक्यले लेख्नु भएको पुस्तक ‘म सक्छु’ चाहिँ मन परेर पनि खरिद गर्न पाएको छैन ।

मन परेको कुनै एउटा पुस्तक ?
अध्ययन गरेका अधिकांश पुस्तक मन परे पनि कर्ण शाक्यले लेख्नु भएको ‘सोच’ले मेरो मन छोएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: