सोलार फेन्सीङको उद्घाटन

  प्रकाशित मिति
१३ कार्तिक २०७३, शनिबार ०८:३९


mantree

बाहुनडाँगी । लामो समयदेखि हात्तीको समस्याबाट प्रताडित बनेको बाहुनडाँगीमा निर्माण भएको सोलार फेन्सीङ शुव्रmवारदेखि समुदायमा हस्तान्तरण भएको छ ।

नेपाल सरकारको करिब २ करोड लगानीमा निर्माण भएको उक्त फेन्सीङ वन मन्त्री शङ्कर भण्डारीले शिला स्तम्भको उद्घाटन गर्दै औपचारिक रुपमा समुदायमा हस्तान्तरण भएको घोषण गरेका थिए । स्थानीय तहमा फेन्सीङको सरक्षाका लागि मानव हात्ती द्वन्द्व तथा वातावरण समिति बाहुनडाँगीलाई हस्तान्तरण गरिएको हो ।

२०७१ साल माघ २३ गते तत्कालीन वन मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले फेन्सीङको शिल्यान्यास गरेका थिए ।

शिल्यान्यासपछि मन्त्रालयले प्रकृति संरक्षण कोषलाई काम गर्ने जिम्मेवारी दिएको थियो भने रेखदेखका लागि जिल्ला वन कार्यालय झापाले जिम्मा लिएको थियो ।

सोलार फेन्सीङ इलामको इरौटारदेखि काँकरभिट्टासम्म १८ किलोमिटर दुरीमा निर्माण भएको छ ।

एक वर्षको अवधिमा निर्माण भएको उक्त फेन्सीङ निर्माण भएपछि यस क्षेत्रमा भारतबाट आउने हात्ती सतप्रतिसत नियन्त्रण भएको थियो । लामो समयदेखि बाली नाली भित्र्याउन नपाएका यहाँका किसानले सोलार फेन्सीङ सञ्चालनमा आएपछि ढुक्क भएर काम गर्न पाएका थिए ।

२०३५ सालमा सावित्रा विकको पहिलोपटक हात्तीको आव्रmमणबाट ज्यान गएको थियो । त्यसयता ४० वर्षको अन्तरमा १९ जना बाहुनडाँगीबासीले हात्तीकै कारण ज्यान गुमाउनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: