सौर्यको अर्को जहाज आउँदै

  प्रकाशित मिति
२५ कार्तिक २०७३, बिहीबार १४:२४


sourya
भद्रपुर । नेपालको आन्तरिक हवाइ यातायातमा पहिलोपल्ट जेट जहाजको सेवा भित्र्याएको सौर्य एयरलायन्सले निकट भविष्यमा जहाज थप्ने भएको छ ।

दुई वर्ष अघि सौर्य एयरले ५२ सिट क्षमताको एउटा जेट जहाजबाट आन्तरिक उडान सुरु गरेको थियो । अब अर्को जहाज थप्ने भएको हो ।

सौर्य एयरलायन्स प्रालिका अध्यक्ष दिपक पोखरेलले आउँदो मङ्सिरभित्रै अर्को जहाज थपिने बताए । सौर्य एयरले क्यानडामा निर्मित ‘सीआरजे २०० जेट’ जहाज अमेरिकाबाट ल्याउन लागेको उनले जानकारी दिए ।

‘जहाज ल्याउनका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ’, उनले भने–‘मङ्सिरभित्रै नयाँ जहाजले उडान थाल्ने छ ।’  एउटा मात्र जहाज भएकाले हाल यात्रुको माग अनुसार सेवा दिन नसकिएको स्वीकार गर्दै अध्यक्ष पोखरेलले अर्को जहाज थपिए पछि सुदूरपश्चिमको प्रमुख सहर धनगढीमा सेवा थपिने बताए । हाल काठमाडौँबाट भद्रपुर, विराटनगर र नेपालगञ्ज रुटमा सौर्य एयरले सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: