सौर्यले ल्यायो अर्को जेट

  प्रकाशित मिति
२ चैत्र २०७३, बुधबार ११:५३


sourya jet (1)

भद्रपुर । नेपाली घरेलु आकाशमा पहिलो जेट विमान भित्राउने सौर्य एयरलायन्सले नयाँ जहाज थपेको छ ।

पहिलोपटक यसले २०७१ साल मङ्सिर १ गते आफ्नो पहिलो जेट विमानबाट घरेलु उडान सेवा सुरु गरेको थियो । अब सौर्यसँग दुई वटा जेट विमान भएका छन् ।

अरु विमानको तुलनामा छिटो गन्तब्यमा पुग्ने, धेरै उचाइबाट उडानका कारण सुरक्षित हुने र जेटको यात्रा रोमाञ्चक हुने भएकाले नेपालमा सौर्य एयरलायन्सको सेवा छोटो अवधिमै लोकप्रिय बनेको छ ।

सौर्यले अमेरिकामा निर्मित सीआरजे २०० मोडेलको दोस्रो विमान यही फागुन २९ गते काठमाडौँमा ल्याएको हो । एक महिनाभित्र नयाँ विमानले उडान थाल्ने सौर्य एयरलायन्सका अध्यक्ष दिपक पोखरेलले बताएका छन् ।

यात्रु महानुभावहरु, ट्राभल एजेन्सीहरु र सर्वसाधारणहरुको माग धान्न एउटा मात्र विमानले असम्भव भए पछि कम्पनीले नयाँ जेट विमान खरिद गरेको जानकारी दिदै अध्यक्ष पोखरेलले केही अवधिपछि तेस्रो जेट विमान पनि खरिद गरिने बताए ।

हाल एउटा मात्र जहाज भएको सौर्यले काठमाडौँबाट भद्रपुर, विराटनगर र नेपालगञ्जसम्म नियमित उडान गरिरहेको छ भने दोस्रो विमान भएकाले अब धनगढी र भैरहवामा पनि उडान गर्ने भएको छ ।

नेपालमा हाल १४ वटा एयरलायन्स कम्पनी छन् । जसमध्ये बुद्ध र यति पछि सौर्यले बढी यात्रु ओसार्ने गरेको छ ।

सौर्यको नयाँ जेट विमानले नाइनएन एएमइ भन्ने कलसाइन (नाम) पाएको छ ।
सौर्यका अध्यक्ष पोखरेलले भविष्यमा आफ्ना विमानले अन्तर्राष्ट्रिय उडान भर्ने गरी अनुमति लिन नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिइसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: