सौर्य एयरलाइन्सको कमर्सियल सेवा

  प्रकाशित मिति
१२ जेष्ठ २०७४, शुक्रबार ११:२८


झापा । नेपाली आकाशमा पहिलोपल्ट जेट विमानमार्फत हवाइ सेवा प्रदान गरिरहेको सौर्य एयरलाइन्सले थपेको नयाँ जहाजले पनि सेवा दिन थालेको छ ।

एउटै मात्र विमान हुँदा यात्रुले माग गरे जति सेवा दिन नसकेको अवस्थामा सौर्यले नयाँ जहाज थपेको थियो । थप नयाँ जहाजले सेवा सञ्चालन सुरु गरेको एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले बताएका छन् ।
‘हामीले अब कमर्सियल उडान सुरु गरेका छौँ’, अध्यक्ष पोखरेलले लोकतन्त्र पोस्टसँग भने–‘नेपाली हवाई यात्रुहरुका लागि यो खुशीको खबर हो ।’

सौर्य एयरको जहाज थपिएपछि त्यसको फाइदा भद्रपुर–काठमाडौं हवाई सेवा लिन चाहनेले समेत पाउने भएका छन् ।
दिनमा एकपटक मात्र सेवा दिँदै आएको जहाजले भद्रपुर–काठमाडौँमा निकट भविष्यमै दिनमा दुईपटक उडान भर्ने मार्केटिङ मेनेजर मुकेश खनालले बताए ।

५० सिट भएको सौर्य जेट विमानले २४ देखि ३० मिनेटमा भद्रपुरबाट काठमाडौं पुर्याउने गरेका कारण यात्रुहरु लोभिने गरेका छन् । उनले अन्य विमानको तुलनामा माथिल्लो हाइटसम्म उड्न सक्ने र यात्रुलार्ई सुविधा हुने गरेका कारण सौर्य बढी लोकप्रिय बन्दै गएको बताए ।

यस सौर्यले देशका विभिन्न स्थानमा चार्टर उडान मात्र गर्दै आएको थियो । यहीकारण यात्रुको माग बढी भए पनि उसले व्यावसायिक उडान गर्न सकेको थिएन । अब उडान नियमित हुने र दुई जहाजले सेवा दिने भएकाले सौर्यको उडानमा अनियमितता नआउने कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: