स्कुलमै पुगेर २८ हजारको आँखा परीक्षण

  प्रकाशित मिति
२३ पुष २०७५, सोमबार १७:२९



विर्तामोड । मेची आँखा अस्पताल विर्तामोडले चार महिनामा ‘नेपाल रिच प्रोजेक्ट’ अन्तर्गत २८ हजार विद्यार्थीको नेत्र परीक्षण गरेको छ ।
अस्पतालले आइतवार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

नेपाल नेत्र ज्योति सङ्घको सहकार्य र ओआरबीआईएस (अर्विस) इन्टरनेसनलसँगको साँझेदारीमा अस्पतालले विद्यालयमै पुगेर विद्यार्थीहरुको आँखा जाँच्ने अभियान सुरु गरेको हो ।
अर्विस इन्टरनेसनलसँगको सम्झौता अनुसार मेची आँखा अस्पतालले सन् २०२१ सम्ममा झापा र इलामका २ लाख विद्यार्थीको आँखा परीक्षण गर्ने अस्प्तालका मेडिकल सुपुरिन्टेन्डेन्ट डा. पुरुषोत्तम जोशीले बताए ।

अस्पतालले १६ जना जनशक्तिलाई विद्यालयहरुमा पठाएर आँखाको निःशुल्क जाँच गर्ने र उनीहरुको आँखामा कुनै रोग वा समस्या फेला परेमा उपचार गरिदिने छ ।
अस्पतालले मेचीनगर, गौरादह, दमक, विर्तामोड, कचनकबल र गौरीगञ्जका विद्यालयहरुमा यस्तो अभियान चलाइरहेको छ ।

हालसम्म जाँच गरिएका २८ हजार १ सय ८३ जनामध्ये ७ सय ९३ जना (२.८२ प्रतिशत)लाई चश्मा सिफारिस गरिएको, तीमध्ये ४ सय ६१ (५८.१३ प्रतिशत)लाई चश्मा वितरण भइसकेको, ६ सय ८१ जना (२.४२ प्रतिशत)लाई अस्पतालमा रेफर गरिएको र तीमध्ये २ सय ३० जना (३३.७७ प्रतिशत)ले अस्पतालमा गएर आँखा परीक्षण गरेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. जोशीले जानकारी दिए ।

मेची आँखा अस्पताल मुलुककै अग्रणी आँखा उपचार गर्ने सामुदायिक स्वास्थ्य प्रतिष्ठान हो ।

यसले सन् १९९६ यता २३ लाख ९ हजार ९ सय ८५ जना विरामीको आँखा उपचार गरिसकेको अस्पतालका प्रशासकीय प्रमुख सुरज रौनियारले बताएका छन् ।

अभियान सञ्चालनका लागि दातृ संस्थाले ४ करोड रुपैयाँ दिएको र त्यसमा अस्पतालले २ करोड रुपैयाँ थप गरेर कूल ६ करोड रुपैयाँमा परियोजना सम्पन्न हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा अस्पताल सञ्चालक समितिका अध्यक्ष दिनेश मित्तलले समेत मन्तब्य ब्यक्त गरेका थिए ।
…………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: