स्कूललाई हातेमालेको सहयोग

  प्रकाशित मिति
१ श्रावण २०७४, आईतवार १८:५१


balsubodini

दुहागढी १ साउन । हातेमालो सामुदायिक वन उपभोक्ता समूह दुहागढीले स्थानीय बाल सुबोधिनी आधारभूत विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक विश्व थापालाई संस्थाका अध्यक्ष विदुर शिवाकोटी, सचिव बद्रिप्रसाद भट्टराई सहित कुमार मेचे र चन्द्रप्रसाद सिग्देलले संयुक्त रुपमा उक्त रकम प्रदान गरेका थिए ।

संस्थाले स्थानीय त्रिदेव बहुमुखी क्याम्पस चारआली र सहिद दशरथ चन्द मा.वि.लाई समेत ५०÷५० हजार, शान्ति प्रा.वि. र कृष्ण प्रा.वि.लाई २०÷२० हजार र चुम्ने मुस्तफा मदर्सालाई १० हजार प्रदान गरेको छ । त्यसैगरी संस्थाले स्थानीय ३ जना कृषकहरुलाई बायोग्याँस निर्माणका लागि जनही ५ हजार र विपन्न विरामीहरुलाई उपचारका लागि २९ हजार सहयोग प्रदान गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: