स्थानीयलाई विउँविजन बाड्दै वडा कार्यालय

  प्रकाशित मिति
१० बैशाख २०७७, बुधबार १७:५२


बाहुनडाँगी । मेचीनगर–४ नम्बर वडा कार्यालयले बुधबार वडाबासीलाई तरकारीका विउँविजन वितरण गर्न शुरु गरेको छ ।

वडाको २२ वटा टोल विकास संस्थामार्फत प्रत्यक घरधुरीलाई तरकारीका विउँविजन वितरण गर्न शुरु गरेको हो ।

४ नम्बर वडाका वडाध्यक्ष नविन बरालले वडाका १ हजार १ सय ५० घरधुरीलाई विभिन्न तरकारीका विउँविजन वितरण गरिएको बताए ।

टोल विकास संस्थामार्फत वडाका प्रत्यक घरघरमा पुगेर भिन्डी, बोडी, करेला, लट्टेको साग, लौका, घिरौलाको विउँविजन वितरण गर्न शुरु गरिएको उनले जानकारी दिए ।

लकडाउनमा तरकारीको समस्या झन बड्न थालेपछि वडामा खाद्य संकट नहोस् भनेर प्रत्यक घरमा तरकारीका विउँहरु रोप्न दिइएको वडाध्यक्ष बरालले बताए ।

वडाले स्थानीयलाई निःशुल्क विउँविजनका साथै लकडाउनमा सामाजिक सुरक्षा भत्ता पाउन नसकेका अपाङ्ग, महिला विद्युवा, जेष्ठ नागरिक, दलित बालबालिकाहरुलाई घर–घरमा पुगेर भत्ता वितरण समेत गरिरहेको उनले बताए ।

केहिदिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्दयेश त्रिपाठीले पनि भिडियो कन्फ्रेसमार्फत मेचीनगरपालिकाका मेयर विमल आचार्यसँग किसानहरुलाई उत्पादनमा जोड दिन र विउँविजन उपलब्ध गराउन आग्रहसमेत गरेका थिए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: