स्थानीय चुनावको मिति घोषणा गर्न माग

  प्रकाशित मिति
१२ माघ २०७८, बुधबार १९:१५


बुद्धशान्ति, १२ माघ । स्थानीय चुनाव नगर्ने चलखेल, असंवैधानिक अभिब्यक्ति, अस्वाभाविक मूल्यवृद्धि लगायतका विरुद्धमा राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियु बुद्धशान्तिले विरोध प्रर्दशन गरेको छ ।
बुधबार इलाका प्रहरी कार्यलय बुधबारे छेउबाट निस्किएको विरोध जुलुस बुधबारे बजार परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो ।

प्ले कार्डसहित युवाहरूको समुहले बजारमा चर्का नारा जुलुस गरेका थिए ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी भूमि फिर्ता गर, भारतीय बिस्तारवाद मुर्दावाद, परमादेश सरकार मुर्दावाद, स्थानीय निकायको चुनावको मिति घोषणा गर, अस्वाभाविक मूल्यवृद्धि फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर लगायतका माग युवाहरुले गरेका थिए ।

विरोध कार्यक्रममा युवाहरुले सर्व साधारणहरुलाई मास्क पनि वितरण गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: