स्थानीय तहको फुटबल हुने

  प्रकाशित मिति
१८ आश्विन २०७५, बिहीबार ०७:१२


कनकाई । कनकाई नगरको सुरुङ्गामा झापा जिल्लाका स्थानीय तहस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सम्पन्न हुने प्रतियोगितामा झापामा रहेका नगरपालिका र गाउँपालिका मध्ये ९ वटा स्थानीय तहको सहभागिता रहने प्रतिष्ठानका उपाध्यक्ष एवम् खेल संयोजक राजेन्द्र उप्रेतीले बताएका छन् ।

प्रतियोगितामा सहभागिता जनाउने नगरपालिकामा कनकाई, दमक, अर्जुनधारा, बिर्तामोड र शिवसतासी रहेका छन् भने गाउँपालिकामा हल्दिबारी, कमल, बाह्रदशी र झापा रहने बताइएको छ ।

प्रतियोगिताका लागि ६ लाख ८६ हजार ६ सय ६६ रुपैयाँको बजेट अनुमान गरिएको प्रतिष्ठानले जानकारी गराएको छ । प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ र दोेस्रो पुरस्कार ५५ हजार ५ सय ५५ नगद र ट्रफी रहने प्रतिष्ठानका सचिव दिननाथ खतिवडाले बताए ।

कनकाई माविको खेल मैदानमा असोज १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम पुरस्कारको राशी कनकाई नगरपालिकाले र दोस्रो पुरस्कार अर्जुनधारा नगरपालिकाले सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सहभागी पालिकाहरु, स्थानीय सङ्घसंस्था, उद्योगी व्यवसायी, फुटबलप्रेमीको आर्थिक सहयोगमा खेलका लागि बजेटको व्यवस्थापन गरिएको प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईंले बताएका छन् ।

प्रतिष्ठानले यसअघि नगरपालिका स्तरीय दुईवटा संस्करण सम्पन्न गरिसकेको छ । व्यावसायिक खेलाडी उत्पादन गर्दै जिल्लाका सबै पालिकासँग बन्धुत्व भावना कायम राख्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

खेल सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरेर जिम्मेवारी समेत तोकिएको छ । गठन गरिएका उपसमितिहरु मध्ये खेल मैदान व्यवस्थापन उपसमिति संयोजकमा त्रिलोचन चिमरिया, प्रचारप्रसार संयोजकमा झलक सिटौला, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा तुलसी विमली, स्वयम्सेवक परिचालन उपसमितिको संयोजकमा अर्जुन गिरी, अतिथि सत्कार संयोजकमा अम्बिका
खरेल लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: