स्थानीय तह पुनःसंरचनाप्रति विरोध

  प्रकाशित मिति
२४ कार्तिक २०७३, बुधबार १५:५३


2

भद्रपुर, २४ कात्तिक । स्थानीय तह पुनःसंरचना प्राविधिक समिति झापाले कात्तिक २२ गते गरेको निर्णयप्रति नेकपा (एमाले)सहित छ वटा राजनीतिक दलले असहमति जनाउंदै जिल्ला विकास समिति झापामा बुधबार एक ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र नेकपा (एमाले) झापाका इन्चार्ज रवीन कोइरालाले जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत दीपक दाहाललाई हस्तान्तरण गरे ।

3

सो ज्ञापनपत्रमा नेकपा एमाले झापाका इन्चार्ज रवीन कोइराला, सद्भावना पार्टी झापाका सचिव ओमनारायण राजवंशी, नयाँ शक्ति नेपालका प्रतिनिधि रोम घिमिरे, नेकपा ९माले० झापाका सचिव नवराज खरेल, नेकपा ९संयुक्त० झापाका उपाध्यक्ष महेन्द्र लावती र राष्ट्रिय जनशक्ति पार्टी झापाका अध्यक्ष परशुराम मगरले हस्ताक्षर गरेका छन् ।

विरोधमा रहेका दलहरुले झापाको स्थानीय तहको पुनःसंरचना गर्दा नगरपालिकाको सङ्ख्या नघटाई आठ नगरपालिका र तीन गाउँपालिका हुनुपर्नेमा यी दलहरु अनुपस्थित रहेको छलफलमा गाउँपालिकासहित १५ वटा स्थानीय तह हुनुपर्ने सर्वदलीय निर्णय भएकोप्रति विरोधमा रहेका दलले असहमति जनाएका छन् ।

दलहरुका बीचमा सर्वसम्मतिको सम्भावना हँंदाहुँदै प्राविधिक समितिका संयोजकले सहमति गराउन नचाहेपछि आयोगले अघि सारेको मापदण्डअनुसार नै हुने गरी हाल कायम रहेका नगरपालिका नघट्ने गरी यसअघि २०७३ भदौ २७ गते स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गरेको झापालाई ११ स्थानीय तह बनाउने सर्वसम्मत निर्णयलाई नै दलहरुले साझा विन्दु बनाई सहमति खोज्न विरोधमा उत्रेका दलहरुले सुझाव दिएका छन् ।

1

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: