स्थानीय समस्या, स्थानीय समाधान

  प्रकाशित मिति
६ चैत्र २०७२, शनिबार ०७:५३


20160125_094536

झापा जिल्ला भन्ने बित्तिकै विकास, सुगमता, जागरुक नागरिकलगायतका विषेशता जोड्ने गरेको पाइन्छ । अब त्यतिले मात्र झापाको परिचय पुग्छ जस्तो लाग्दैन । झापाले अर्को फरक परिचय स्थापित गरेको छ, त्यो हो स्थानीय समस्यामा आफैंबाट समाधान खोज्ने परिपाटी । प्रसङ्ग हो झापा शान्तिनगर–५ मा रहेको गढीगाउँ माध्यमिक विद्यालयको नाममा रहेको जग्गा विवाद । २०२४ साल भन्दा अघिदेखि स्थानीयले ढालफाँड गरेर बसोबास गरे पनि तत्कालीन पञ्चायती सरकारले स्थानीयको जग्गा गढीगाउँ माध्यमिक विद्यालयको नाममा धनीपुर्जा वितरण गरेपछि सुरु भएको विवाद एक बर्ष अघिसम्म कायम नै थियो । आफ्ना बाबु बाजेले ऐलनीप्रति जग्गा ढालफाँड गरेर बसेको अवस्थामा तत्कालीन शाही सत्ताका ठेकेदारहरूले स्थानीयलाई कुनै जानकारी नै बिना विद्यालयको नाममा जग्गा पास गरेपछि चुलिएको स्थानीय र विद्यालय बिचको बिवाद यति गहिरो भयो कि उनीहरू उक्त विद्यालयमा आफ्ना छोराछोरी पनि अध्ययन गराउन नपठाउने अवस्थामा पुगे । आफ्नो घरबास नै उठ्ने गरी विद्यालयमा आफ्ना छोराछोरी किन पठाउने भन्ने तर्फ स्थानीयको सोच पनि गयो भन्नु हुन्छ पीडित स्थानीय काजीमान लिम्बू । विद्यालयको नाममा रहेको ४६ बिघा जग्गामा अहिले पनि स्थानीयको बसोबास नै छ तर उनीहरूको आफ्नै घर भएको जग्गा आफ्नो नाममा नभई विद्यालयको नाममा छ । त्यस्तै प्रकृतिको समस्या छ, झापा बाहुनडाँगी–५ स्थित जनता माध्यमिक विद्यालयको पनि । जनता माविको पनि ४२ बिगाहा जग्गामा पनि स्थानीयहरूको बसोबास रहेको छ ।

यो समस्या दीर्घकालीन रुपमा झापाका अन्य विद्यालयहरूमा पनि रहेको पाइएको छ । तर, समाधान के भन्नेमा नै अहिलेसम्म रुमलिरहेको अवस्था थियो । एकातर्फ विद्यालयको नाममा धेरै जग्गा देखिने र त्यस अनुसार विद्यालयले बर्षेनी ठूलो रकम राजस्व बुझाउनु पर्ने तर त्यो जग्गाको आम्दानी भने स्थानीयले बिद्यालयलाई नबुझाउने एकातर्फ छ भने अर्कोतर्फ स्थानीयहरूको घर छ, जमिन छ तर आफ्नो नाममा छैन । आफ्नै पूर्खाले जगङ्ल ढालफाँड गरेको जमिनमा बर्षौँदेखि बसोबास भए पनि त्यो जमिन अहिलेसम्म आफ्नो बन्न नसक्दा स्थानीयबासीले अन्य सुविधा पनि लिन नसक्ने अवस्थाले जटिलता थपिरहेको छ । यही परिदृश्यबाट समस्या समाधानको लागि प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण संस्थाको सहजीकरणमा स्थानीय रुपमा नै समाधान खोज्ने प्रयास भयो । एक बर्षको प्रयास पछि दुवै विद्यालय र स्थानीयबासी बिच द्वन्द्व पूर्ण रुपमा अन्त्य भएको छ । स्थानीय समस्यालाई स्थानीयस्तरमा नै समाधानको प्रयास गर्ने हो भने दुवै पक्षको जीत हुने गरी समस्या समाधान गर्न सकिन्छ भन्ने शान्तिनगर र बाहुनडाँगीका विद्यालय र स्थानीयबासीको प्रयासले देखाएको छ ।

आखिर समस्या जहाँ छ त्यसको समाधान पनि त्यहीं हुन्छ भन्ने कुरालाई आत्मसाथ गरी प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा स्थानीय रुपमा नै समाधान गरिएको उक्त समस्यामा दुवै पक्षको मुद्धा मात्र होइन, मन पनि मिलेको अवस्था छ । प्राय धेरै विवाद समाधान गर्दा बिषय वा मुद्दा मात्र समाधान हुन्छ तर त्यो बिषयसँग जोडिएका पक्षहरूको मन भने जोडिने काम भएको हुँदैन । त्यसैले पनि स्थानिय बिषयमा द्वन्द्वरत पक्षको मन सहितको मेलमिलाप गराउँदै समस्याको समाधान खोज्ने उपायको फलस्वरुप आज शान्तिनगरका स्थानीयले विद्यालयको नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्दा विद्यालयलाई करिब दुई करोड बराबरको अक्षय कोष खडा गर्न तयार भएका छन्  । त्यसका लागि रकम जम्मा गर्न पनि सुरु भएको छ । यो प्रव्रिmयाले विद्यालयलाई पनि बर्षेनीको आर्थिक बोझबाट मुक्ति दिलाएको छ भने स्थानीयबासीहरूले पनि आफ्नो सम्पत्तिको स्वामित्व ग्रहण गर्न पाउने अवस्थाको सिर्जना गरेको छ ।

स्थानीयस्तरको यो समझदारीलाई साकार बनाउन अब राज्यको भूमिका खोजिरहेका छन्, शान्तिनगर र बाहुनडाँगीबासी । गढीगाउँमा विद्यालयको फाइल यतिबेला शिक्षा मन्त्रालयको टेबलमा छ । विद्यालयको जग्गा व्यक्तिका नाममा सार्न मन्त्रीपरिषदको निर्णय आवश्यक पर्ने कानुनी प्रावधानका कारण एउटा ऐतिहासिक मन्त्रीपरिषदको बैठकको पर्खाइमा छ । यतिबेला जुन बैठकले शान्तिनगरको जग्गा विवादको बारेमा स्थानीयस्तरको सहमति अनुसार निर्णय गरोस् र बर्षाँैदेखिको घाउमा मल्हम लगाउन सकोस् । यतिबेला आशाहरू पनि अलि झाँग्गिएका छन् । किनकी झापाको समस्याका जानकार मान्छे अर्थात् झापाली प्रतिनिधि केपी शर्मा ओली नै देशको प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । गरीब जनतालाई जहिले पनि राजनीतिको मुल प्रवाहमा राखेर आवाज बुलन्द बनाउने राजनीतिक दल र तिनले चलाएको सरकार साँचो रुपमा जनउत्तरदायी हो भन्ने देखाउन पनि शान्तिनगरस्थित गढीगाउँमा विद्यालयको जग्गाका बारेमा स्थानीयस्तरको निर्णयलाई मान्यता दिने गरी सरकारी निर्णय आउनुपर्छ ।
नथबलभलमचबवजबउब२नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: