स्यानिटाइजर टनेल मेची अञ्चल अस्पताललाई

  प्रकाशित मिति
२ बैशाख २०७७, मंगलवार १८:५८


मेचीनगर । मेची अभियानको पहलमा कोरोना भाइरसको निसंक्रमणका लागि निर्माण भएको स्यानिटाइजर टनेल मेची अञ्चल अस्पताललाई हस्तान्तरण गरिएको छ ।

मेची अभियानका संयोजक बिजय डालमियाले मंगलवार टनेल हस्तान्तरण गर्दै यसबाट स्वास्थ्यकर्मीहरुलाई काम गर्न सहज हुने विश्वास व्यक्त गरे । अस्पताललाई सौजन्यमा टनेल हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी उदय राना, सशस्त्र प्रहरीका एसपी रेशमकुमार थक्सु, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, अभियानका सदस्यहरु इन्द्रबहादुर बुढाथोकी, शुशिल आचार्य, दिपक पोखरेल, सागर शिवाकोटी, अजय घिमिरे, ज्ञानेन्द्र निरौलालगायतको उपस्थिति रहेको थियो ।

संयोजक डालमियाले सो टनेल निर्माणमा ६० हजार रुपैयाँ खर्च भएको जानकारी दिएका छन् । टनेलको डिजायन र निर्माणको अगसवाई धुलाबारीका सागर शिवाकोटीले गरेका थिए ।

टनेललाई अस्पतालको गेटमा जडान गरिएको छ । यहाँबाट प्रवेश गर्ने व्यक्तिहरुकको शरीरमा स्यानिटाइजर स्प्रे हुन्छ ।

(फोटो : रेडियो साथीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: