स्रोत व्यक्ति दाहाललाई पितृ शोक

  प्रकाशित मिति
२९ श्रावण २०७३, शनिबार १८:३५


re

बाहुनडाँगी । काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहाललाई पितृ शोक परेको छ । दाहालका पिता विष्णुप्रसाद दाहालको ७६ वर्षको उमेरमा शनिवार बाहुनडाँगी ३ बडाखालस्थित निजी निवासमा निधन भएको हो ।

१९९६ सालमा जन्मिएका दाहाल एक वर्षदेखि दम रोगबाट पीडित बनेका थिए । उनको उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो । उपचार सम्भव नभएपछि उनलाई घरैमा राखिएको थियो ।

उनको शनिवार स्थानीय निन्दा नदीमा दाहसंस्कार गरिएको छ । उनको दाहसंस्कारमा जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव उद्धव विष्ट, शिक्षक महासंघका जिल्ला अध्यक्ष तेजप्रसाद चौलागाई, विभिन्न विद्यालयका प्रधानाध्यापक, जिल्लाका स्रोत व्यक्ति, विभिन्न संघ संस्थाका प्रतिनिधि, विभिन्न राजनिितक दलका नेता तथा कार्यकर्ता तथा स्थानीयको उल्लेखिय उपस्थिति रहेको थियो ।

उनकी श्रीमती हरिमाया दाहाल, छोराहरु लोकबहादुर, भरत, तुलसी तथा छोरी धनकला थापा रहेका छन् । कान्छा छोरा तलसी पूर्व प्रहरी हल्दार हुन भने छोरी धनकला नव ज्योति निमावि बडाखालकी शिक्षक हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: